सुन र चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

Mar 11, 2025 10:30 AM Merolagani



फागुन २७ गते, मंगलबार, नेपाली बजारमा सुन र चाँदीको मूल्य घटेको छ । यस दिन सुन मूल्य प्रतितोला ५०० रुपैयाँ घटेको छ भने चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन छापावाल सुन प्रतितोला एक लाख ६९ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबारको बजारमा छापावाल सुन प्रतितोला एक लाख ७० हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, मंगलबार चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला एक हजार ९७० रुपैयाँमा खरिद बिक्री भइरहेको छ । सोमबार चाँदी प्रतितोला एक हजार ९८५ रुपैयाँमा खरिद बिक्री भएको थियो ।

 




७ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Dec 29, 2025 07:26 AM

पुस १४ गते, सोमबार, ७ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। यस दिन नबिल बैंक, बुटवल पावर कम्पनी, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स, सपोर्ट लघुवित्त वित्तीय संस्था, मिथिला लघुवित्त वित्तीय संस्था, छिमेक लघुवित्त वित्तीय संस्था र डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो।