जोय स्टोर र माछापुच्छ्रे बैंकबीच सम्झौता, एप्पलका सामान खरिदमा २० प्रतिशत सम्मको छुटको व्यवस्था

Mar 11, 2025 12:03 PM Merolagani



नेपालमा आईफोनको आधिकारिक विक्रेता जोय स्टोर र माछापुच्छ्रे बैंक(MBL)बीच सम्झौता भएको छ । नेपालमा आईफोन निर्माता कम्पनी एप्पलका उत्पादन खरिद बिक्री सम्बन्धमा दुई संस्थाबीच सम्झौता भएको हो ।

उक्त सम्झौतामा जोय स्टोरका तर्फबाट कम्पनीका प्रवन्ध निर्देशक गुरुदत्त शर्मा र माछापुच्छ्रे बैंकका तर्फबाट शाखा कार्यालय न्युरोड, काठमाडाैंका शाखा प्रमुख निशेष केसीले एक कार्यक्रम गरि सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । सम्झौता अनुसार नेपालमा आईफोनको आधिकारिक बिक्रेता जोय स्टोरबाट एप्पलका समान खरिदमा माछापुच्छ्रे बैंकका कर्मचारी तथा ग्राहकहरुले छुट सुविधा लिन सक्नेछन् । जोय स्टोरका अनुसार उक्त छुट एप्पलका उप्पादनहरुमा माछापुच्छ्रे बैंक लिमिटेडका कर्मचारी एवंम् सेवाग्राहीहरुलाई अधिकतम २० प्रतिशतसम्म छुट पाउनेछन् ।

माछापुच्छ्रे बैंकका कर्मचारी एवम् सेवाग्राहीहरुलाई सरल र सुलभ मूल्यमा एप्पलका उप्पादन उपलब्ध गराउनका लागि उक्त सम्झौता गरिएको जोय स्टोरका प्रवन्ध निर्देशक गुरुदत्त शर्माले जानकारी दिए । उक्त छुटका लागि कर्मचारी तथा बैंकका ग्राहकहरुले खाता भएको प्रमाण पुग्ने कागजपत्र देखाउनु पर्नेछ, उनले भने, सोही आधारमा जोय स्टोरले छुटमा एप्पलका सामान उपलव्ध गराउनेछ ।

जोय स्टोर नेपालमा एप्पलका उप्पादनहरु बिक्री गर्ने आधिकारिक बिक्रेता हो । जसले काठमाण्डौंमा ताम्राका कम्प्लेक्स र पोखराको महेन्द्रपुलबाट आधिकारिक रुपमा आईफोन लगायत एप्पलका उत्पादनहरु विक्री गर्दै आएको छ । जोय स्टोरका प्रवन्ध निर्देशक शर्मा ताम्राकार मोबाईल व्यवसायी संघका अध्यक्ष समेत हुन् । नेपाली उपभोक्ताहरुलाई एप्पलका जेनुयन उप्पादनहरु उपलब्ध गराउने उद्देश्य अनुसार आफुले आधिकारिक बिक्रेताको रुपमा काम गर्दै आएको समेत उनले जानकारी दिए । जोय स्टोरले एप्पलका उप्पादनहरु आईफोन, म्याकबुक, एप्पल बाच, एयरपड, हेडफोन र अन्य एसेसोरिजहरु बिक्री गर्दै आएको छ साथै जोय स्टोरले बिक्री गर्दै आईरहेको एप्पलका मोबाईलहरुमा २ बर्षको वारेन्टि, १ बर्षको इन्सुरेन्स, म्याकबुकमा २ बर्षको वारेन्टि र एयरपडमा समेत २ बर्षको वारेन्टिको सुविधा दिइरहेको प्रवन्ध संचालक शर्माले जानकारी दिए ।




नाफासँगै बढ्यो सानिमा बैंकको प्रतिशेयर आम्दानी

Jul 27, 2026 09:37 AM

सानिमा बैंक लिमिटेड (SANIMA) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार बैंकको मुख्य आम्दानी, खुद नाफा तथा लाभांश क्षमतामा अघिल्लो आर्थिक वर्षको तुलनामा सुधार देखिएको छ।