एमबीएल इक्विटी फण्डले वार्षिक १५ प्रतिशत बढी प्रतिफल दिने

Mar 11, 2025 02:58 PM Merolagani
2
2



माछापुच्छ्रे क्यापिटलको व्यवस्थापनमा सामूहिक लगानी कोष एमबीएल इक्विटी फण्डको इकाई जारी भइरहेको छ । फण्डले फागुन २२ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको फण्डको इकाई खरिदका लागि आवेदन दिने समय थपिएको छ ।

सो फण्डको इकाई खरिद गर्न इच्छुकहरुले चैत ७ गतेसम्म आवेदन दिन सकिने छ । क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा एक अर्ब २० करोड रुपैयाँ बराबरको १२ करोड इकाई बिक्रीमा ल्याएको हो । सो फण्ड १२ वर्षे बन्दमुखी प्रकृतिको योजना हो ।

यस एमबीएल इक्विटी फण्डका इकाईधनीले लगानी विविधतालाई जोड दिने छ । धेरैभन्दा धेरै प्रतिफल वितरण गर्ने प्रमुख उद्देश्य रहेको छ । यस योजनाले वार्षिक १५ प्रतिशत भन्दा बढी प्रतिफल प्राप्त गर्ने माछापुच्छ्रे क्यापिटलका प्रमुख सञ्चालन अधिकृत मधुरेन्द्र साहले बताए । साहसँग सुधा देवकोटाले गरेको कुराकानीः 

हालै बजार २८ माथिको विन्दुमा पुगेर करेक्सनमा छ । निरन्तरको ठूलो गिरावटले लगानीकर्ताहरु डाराएको अवस्था छ । संस्थागत लगानीकर्ताहरुले अहिलेको बजारलाई कसरी विश्लेषण गर्नु भएको छ ?

 उच्चा बढ्दाे वा घट्दो अवस्थामा पनि यस विन्दुलाई बजारले धेरै महत्वका साथ हेर्ने गरेको छ । अहिले बजार २८ सय मनोवैज्ञानिक विन्दुको रुपमा हेरिएको छ । बजारले राम्रो गति निर्धारण गर्दै थियो । सोही क्रममा राजनीतिक गतिविधिले गर्दा बजारको मनोभावनालाई विगारेको छ । के हुने हो ? केही भयो भने भन्ने दुविधामा रहदा बजारमा ठूलो दवाव परेको छ । यद्यपि बजारमा राम्रो कारोबार रकम सहित कारोबार भइराखेको छ ।

अहिलेको परिस्थिति विस्तारै साम्य भएर पुनः सकारात्मक गति निर्धारण गर्नेमा आशावादी रहेका छौं । दोस्रो बजार बढ्नको लागि आवश्यक भनेको तरलता हो । अहिले पर्याप्त तरलता छ । निक्षेपमा राख्न ब्याजदर न्यून छ । अन्य क्षेत्र चलायमान हुन सकेको छैन । सहजै लगानी गर्न सकिने क्षेत्र भनेको शेयर बजार हो । त्यसैले बजारले भविष्यमा राम्रो गति निर्धारण गर्नेमा आशावादी रहन सकिन्छ ।

दोस्रो बजारमा संस्थागत लगानीकर्ता कम भएको कुरा आउँदै गर्दा माछापुच्छ्रे क्यापिटलको ब्यावस्थापनमा एमबीएल इक्वीटी फण्ड आएकाे छ । यो कस्तो फण्ड हो ?

माछापुच्छ्रे क्यापिटलको ब्यावस्थापनमा आएको एमबीएल इक्वीटी फण्ड पहिलो बन्दमुखी योजना हो । यो १२ वर्षे योजना हो । एमबीएल इक्वीटी फण्डले दोस्रो बजारमा नै लगानी गर्ने हो । पूँजी बजारको प्रतिफललाई प्राप्त गर्नेगरी लगानी गर्ने हो । अर्को दोस्रो बजारमा संस्थागत लगानीको रुपमा हाम्रो उपस्थिती राम्रो रहने छ । अर्को योग्य संस्थागत लगानीकर्ता हुँदा बुकविल्ङ्गि माफर्त आउने शेयरको लाभ पनि प्राप्त गर्न सकिने भयो ।

यस योजना मार्फत लगानीकर्ता (इकाईधनी)लाई राम्रो प्रतिफल वितरण गर्न सक्ने अवस्था रहेको छ । अहिले बैंक तथा वित्तीय संस्थाको ब्याजदर निरन्तर रुपमा घटेको अवस्थामा लगानीकर्ताहरुले मुद्दती निक्षेपबाट भन्दा यस योजनामा लगानी गर्दा राम्रो प्रतिफल प्राप्त गर्न सक्ने अवस्था छ । हामीले यो १२ वर्षको अवधिमा औंसतमा न्यूनतमा १५ प्रतिशत भन्दा बढी प्रतिफल वितरण गर्ने प्रक्षेपण गरेका छौं ।

सामान्यतया म्यूचुअल फण्ड कम समयको आउने गरेको देखिन्छ । दीर्घकालको लागि हेर्दा खुल्लामुखी योजना ल्याउने परीपाटी देखिन्छ । १२ वर्षे बन्दमुखी योजना किन ल्याउनु भयो ?

सामान्यतया नेप्सेमा हुने गरेको बुल र बियरको चक्र साढे तीनदेखि चार वर्षको अन्तरालामा घुम्ने गरेको छ । अब पनि सोही चक्र अनुसार बजार चलेमा तीनदेखि चार वटा चक्रको लाभ राम्रोसँग लिन सकिन्छ । अर्को वर्ष जतिधेरै हुन्छ फण्डले कम्पाउडीङ्ग ग्रोथ गर्न सकिन्छ । वास्तवमा पूँजी बजारको लाभ भनेको नै कम्पाउडीङ्ग ग्रोथ हो । त्यसैले जति धेरै वर्ष भयो उति कम्पाउडीङ्ग गर्न सकिने भयो । सोही अनुसार इकाईधनीलाई पनि प्रतिफल वितरणको सुनिश्चितता गर्न सकिने भयो । त्यसैले पनि १२ वर्षे योजना ल्याएको हो ।

म्यूचुअल फण्डमा लगानीकर्ताहरुको खासै चासो भएको देखिदैन । तरपनि तपाईहरु एमबीएल इक्वीटी फण्ड जारी गरिसक्नु भएको छ । यस्तो परिस्थितीमा सबै इकाई बिक्री हुने देख्नु भएको छ ?

विगतमा भन्दा दोस्रो बजारमा म्यूचुअल फण्डको उपस्थिती बढेको छ । म्यूचुअल फण्डहरुको संख्या बढ्नु भनेको लगानीको चेतनामा वृद्धि भएको बुझिन्छ । पूँजी बजारको लागि पनि राम्रो हो । शेयर बजारका लागि राम्रो लगानीकर्ता हुन सक्छ । बजारको लागि सकृय संस्थागत लगानीकर्ताको रुपमा रहदा सबै पक्षलाई राम्रो हुने बुझाउछ ।

लगानीका आ-आफ्नो रणनीति रहेका हुन्छन । एमबीएल इक्वीटी फण्ड भनेको दोस्रो बजारमा नै फोकस गरेर लगानी गर्ने हो । यो योजनाले भ्यालु इन्भेष्टमेन्टलाई फोकस गरेको हुन्छ । भ्यालु इन्भेष्टमेन्ट भन्ने वित्तीकै लङ्गटर्म एप्रोच आउछ । हाम्रो अन्डर भ्यालु स्टकहरुको पहिचान गरेर लगानी गर्ने हो । सामान्यतया बजारमा मूल्य घटबढ् कसरी भयो भन्ने कुरालाई महत्व दिएका हुन्छन । हामीले मूल्य भन्दापनि कम्पनीको दीर्घकालीन रणनीतिको विषयमा पनि विश्लेषण गर्ने छौं । जुन कम्पनीको प्रतिफल वितरण गर्ने क्षमता बढी छ त्यस्तै कम्पनीमा लगानी गर्न जोड दिनेछौं । त्यसैले यस योजनामा लगानीगर्ने लगानीकर्ताले राम्रो प्रतिफल पाउनेमा विश्वास दिलाउन सक्छु ।

यसरी म्यूचुअल फण्डमा आकर्षक प्रतिफलको सुनिश्चित हुँदाहुँदै दोस्रो बजारमा लगानीकर्ताहरुको रोजाईमा किन पर्न सकेको छैन ?

हो । म्यूचुअल फण्डबाट प्रतिफलको सुनिश्चित गर्न सकिन्छ । माछापुच्छ्रे क्यापिटलको ब्यावस्थापनामा एमबीएल इक्वीटी फण्ड पहिलो योजना हो । सामान्यतया पहिलो फण्ड भएकै कारणले गर्दा नाफा अझै बढी हुने सम्भावना रहेको छ । दोस्रो बजारमा लगानी गर्दा लगानीकर्ताले तरलतालाई ध्यान पुर्याउनु पर्छ । माछापुच्छ्रेको यो पहिलो योजना हो । उक्त भएको पूँजीलाई दीर्घकालीन, मध्यम र अल्पकालीन रणनीति अपनाएर लगानी गर्ने हो । त्यसैले तत्कालै भन्दा पनि दीर्घकालीन प्रतिफललाई बढाउन सक्छौ ।

अर्को होल्डिङ्ग क्षमताले निर्धारण गरेको हुन्छ । म्यूचुअल फण्डको इकाई दोस्रो बजारमा निर्धारित मूल्यले हुदैन । फण्डको लगानी दीर्घकालीन सोचको हुनपर्छ । जति धैर्यका साथ होल्र्ड गर्न सकियो उति प्रतिफल हुन्छ ।

म्यूचुअल फण्डको प्रमुख लगानी क्षेत्र भनेको पूँजी बजार नै हो । बजार सधै बढ्दैन । बजार घटेको अवस्थामा पनि प्रतिफल वितरण गर्ने सुनिश्चित कसरी गर्नु हुन्छ ?

यसमा यस्तो छ । योजनाको परिपक्कता हुने अवधिसम्ममा बजारको बुलको लाभ लिएको हुन्छ । त्यो अवस्थाको लाभलाई स्थिर रुपमा वितरण गर्न हो । यो पहिलो योजना भएकै कारण प्राथमिक बजारमा पनि राम्रो लगानी गर्न सकिन्छ । त्यसमा पनि लाभ हुन्छ ।

अर्को इक्वीटी फण्ड भएकाले लगानी विविधता अपनाउन सकिन्छ । बजारको अवस्थालाई हेरेरै भएपनि लगानीका रणनीतिहरु अपनाउने छौ । बजारको अवस्था शंकास्पद भयो भने सुरक्षित लगानी तर्फ केन्द्रित गर्ने छौं । जस्तो बोण्ड तथा ऋणपत्रहरुमा लगानी गरेर भएपनि इकाईधनीलाई बढी भन्दा बढी प्रतिफल वितरण गर्ने उद्देश्यमा छौं ।

बजार बुलको सुरुवातको चरणमा रहेको छ भनिन्छ । यो अवस्थामा एमबीएल इक्वीटी फण्डमा लगानी गर्दा सुरक्षित भएको छ भन्ने आधारहरु बन्नेछन ?

बजारको अहिलेको अवस्थामा लगानी गर्ने लगानीकर्ताहरुले एमबीएल इक्वीटी फण्डको लगानीलाई सुरक्षित मान्न सक्नुहुनेछ । दीर्घकालीन लगानीसँगै कम्पाउडीङ्ग सोच अनुसार भएको लगानी सुरक्षित छ । फण्डमा लगानी गर्नेहरुले बजारमा आएको ठूला ठूला गिरावटको अवस्थामा डराउनु पर्ने हुदैन । यस्तो बेलामा फण्डले नै पूँजी म्यानेजमेन्ट गरेको हुन्छ ।

 

 




दोस्रो बजारमा "स्पूफिङ" गर्ने क्रम बढ्दो, सर्वसाधारण लगानीकर्ता जोखिममा, के हो "स्पूफिङ" ?

Mar 14, 2025 06:15 AM

सुवास निरौला

नेपाल स्टक एक्सचेन्ज(नेप्से)को शेयर कारोबार गर्ने अनलाईन प्रणाली टिएमएस(ट्रेड म्यानेजेमेन्ट सिस्टम)मा बुधबार मध्यान्ह १२ बजेर ५२ मिनेट ५२ सेकेण्ड गएको छ।