टेस्ला किन्ने ट्रम्पको घोषणा, एलन मस्कलाई गरे पूर्ण समर्थन

Mar 11, 2025 06:27 PM Merolagani



अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार बेलुकी एलन मस्कको समर्थनमा नयाँ टेस्ला इलेक्ट्रिक कार किन्ने घाेषणा गरेका छन्।

आफ्नो सामाजिक सञ्जाल प्लाटफर्म ट्रुथ सोशलमा एक पोस्ट गर्दै ट्रम्पले लेखेका छन्, "मस्कले मुलुकलाई सहयाेग गर्न आफूलाई अगाडि बढाइरहेका छन् र केही वामपन्थीले उनको विरोध गरिरहेका छन्।" यस पोस्ट मार्फत ट्रम्पले एलन मस्कको प्रशंसा गर्दै कट्टरपन्थी वामपन्थी दलहरूको आलोचना समेत गरेका छन्।

एलन मस्कको नेतृत्वमा रहेको डिपार्टमेन्ट अफ गभर्नमेन्ट इफिसिएन्सी (DOGE) अन्तर्गत मस्कले गरेका कारबाहीप्रति मानिसहरूको आक्रोश बढिरहेको समयमा ट्रम्पले यस्तो बताएका हुन् ।

खासगरी, डजले कैयाैं संघीय एजेन्सीहरूमा कर्मचारी कटौती र कोष कटौती गरेको छ। त्यसपछि, केही समूहहरूले यसमा कडा विरोध जनाइरहेका छन् र टेस्लालाई बहिष्कार गर्ने अभियान चलाइरहेका छन्।

यसैबीच, डोनाल्ड ट्रम्प एलन मस्कको समर्थनमा देखिएका छन्। डोनाल्ड ट्रम्पले यो अवस्थालाई आफूले सामना गरेका कानुनी र राजनीतिक चुनौतीहरूसँग तुलना गरेका छन्। ट्रम्पले भने, “ २०२४ को राष्ट्रपति निर्वाचनमा उनीहरूले मलाई पनि त्यस्तै गर्ने प्रयास गरेका थिए।” ट्रम्पले थप लेखे, “एलन मस्कप्रति मेरो विश्वास र समर्थन दर्शाउन म भोलि बिहान नयाँ टेस्ला किन्दैछु। उहाँ एक महान र सच्चा अमेरिकी हुनुहुन्छ।”

हाल, टेस्लाले अमेरिकामा छानबिन र विरोधको सामना गरिरहेको छ । केही आलोचकहरूले मस्कको राजनीतिक टिप्पणी र सरकारसँग सम्बन्धित गतिविधिहरूमा संलग्नतामाथि चिन्ता समेत व्यक्त गरिरहेका छन्। पछिल्ला साताहरूमा विद्युतीय कार कम्पनीको शेयरमा अस्थिरता देखिएको छ। मार्च ९ मा, टेस्लाको स्टक मूल्य १५% ले घट्यो । याे २०२०काे सेप्टेम्बरपछिकै सबैभन्दा ठूलो एकल दिनको गिरावट हाे।

मस्कको समर्थनमा डोनाल्ड ट्रम्पले के भने ? 

"रिपब्लिकन, कन्जरभेटिभ र सबै अमेरिकीहरूका लागि, एलन मस्क हाम्रो देशलाई सहयाेग गर्न "आफूलाई अगाडि बढाउँदै" छन् र उनले उत्कृष्ट काम गरिरहेका छन्! तर कट्टरपन्थी वामपन्थीहरू, जस्ताे कि उनीहरूले प्रायः गर्छन्, एलन र उनले राखेका सबै कुरामाथि आक्रमण गर्न र हानि पुर्‍याउन विश्वको सबैभन्दा ठूलो अटोमेकरहरूमध्ये एक टेस्लाको बहिष्कार गर्न मिलेर काम गरिरहेका छन्।

२०२४को राष्ट्रपति निर्वाचनको मतपेटिकामा उनीहरूले मलाई पनि यस्तै गर्ने प्रयास गरेका थिए, तर त्यो कसरी भयो? जे जस्ताे अवस्थामा पनि, एक सच्चा अमेरिकी एलन मस्कमाथि विश्वास र समर्थन देखाउन म भोलि बिहान एउटा नयाँ टेस्ला किन्दैछु। अमेरिकालाई फेरि महान बनाउन सहयाेग गरेकोमा उनलाई किन सजाय दिइनुपर्छ?"

एजेन्सी ।




यी चार कारण जस्ले गर्दा बालेनले प्रधानमन्त्री बन्ने आँट गरेनन्

Sep 12, 2025 04:56 PM

जेनजी आन्दोलनका कारण सरकार ढलेपछि धेरैको ध्यान काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन साहमाथि गयो । उनी नै प्रधानमन्त्री हुनेछन् भन्ने धेरैको अनुमान थियो । जेनजीमध्ये अधिकाँशको माग पनि त्यही थियो ।