जीएसी एअन भीमा आधारित टोयोटाको इभी बीजेड३एक्स सार्वजनिक, पहिलो घण्टामै १० हजार यूनिट बिक्री

Mar 11, 2025 06:56 PM Merolagani
1
1



टोयोटाले चीनमा बीजेड(bz) ब्रान्ड अन्तर्गत आफ्नो तेस्रो पूर्ण इलेक्ट्रिक कार सार्वजनिक गरेको छ । यसले पहिलो घण्टामै १० हजार अर्डर प्राप्त गरेकाे छ। 

यो इलेक्ट्रिक एसयूभीको सुरुवाती मूल्य एक लाख ९ हजार ८०० युआन अथवा १५ हजार १०० अमेरिकी डलर ताेकिएको छ । यसमा लिडार तथा माेमेन्टाको असिस्टेड ड्राइभिङ प्रविधि समावेश गरिएको छ। यसको अधिकतम रेन्ज ६१० किमी छ।

बीजेड३एक्स(bZ3X)को आधारभूत संरचना जीएसी एअन भी (GAC Aion V)मा आधारित छ । यसको आकार, मोटरहरू र समग्र ड्राइभ ट्रेन उस्तै भए पनि ब्याट्री फरक छ। यो ५-ढोका, ५-सीटर एसयूभी हो । यसको लम्बाइ ४,६०० र चौडाइ १,८५० तथा उचाइ १,६०० मिमी रहेको छ भने ह्वीलबेस २७६५ मिमी छ। यो एफडब्लूडी प्रणालीमा आधारित छ र यसको एकल इलेक्ट्रिक मोटरले अधिकतम १५० किलाेवाट वा १६५ किलाेवाट शक्ति उत्पादन गर्छ जसको उच्चतम गति प्रति घण्टा १६० किमी छ।

यो कारमा लिथियम आयरन फस्फेट (LFP) ब्याट्री प्रयोग गरिएको छ। यी ब्याट्रि तीन भेरियन्टमा उपलब्ध छन् । जसमा ५०.० किलाेवाट आवर (kWh), ५८.४ kWh, र ६७.९ kWh रहेका छन्। यसको रेन्ज क्रमशः ४३० किमी, ५२० किमी र ६१० किमी सीएलटीसी परीक्षण अनुसार निर्धारण गरिएको छ। टोयोटाले "मूर्ख" कार बनाउने छवि हटाउन चाहेकाले यसमा लिडार र उन्नत चालक-सहायता प्रणाली (ADAS) समावेश गरेको जनाएकाे छ । याे चिनियाँ स्वायत्त ड्राइभिङ स्टार्टअप माेमेन्टा(Momenta)को प्रविधिमा आधारित छ।

५२० प्राे र प्राे+ भेरियन्टहरूमा राेबाेसेन्स(Robosense)को लिडार र माेमेन्टा ५.० असिस्टेड ड्राइभिङ प्रविधि उपलब्ध छ । जबकि ६१० म्याक्स भेरियन्टमा ऐच्छिक रूपमा लिडार र माेमेन्टा ५.० ADAS राखिएको छ। बाँकी ट्रिमहरूमा स्ट्यान्डर्ड टाेयाेटा पाइलट चालक सहायता प्रणाली रहेको छ।

माेमेन्टा ५.० को सहयोगमा bZ3Xले एचडी नक्साबिना नै NOA (Navigate on Autopilot) फिचर सक्षम बनाएको छ। यसको इन्टेरियर टेस्लाको जस्तो न्यूनतम डिजाइनमा आधारित छ जहाँ १४.६ इन्चको ठूलो स्क्रिन मुख्य आकर्षण हो। यद्यपि, यसमा पुरानो Qualcomm Snapdragon ८१५५ चिप प्रयोग गरिएको छ, जबकि नयाँ इभीहरूमा स्न्यापड्रागन ८२९५ चिप प्रयोग भइसकेका छन्। लिडार भएको ट्रिमहरूमा Nvidia Orin X चिप राखिएको छ, जसको कम्प्युटिङ क्षमता २५४ TOPS छ। टोयोटाका अनुसार bZ3X चीनमा संयुक्त रूपमा उत्पादन गरिएको पहिलो कार हो, जसमा लिडार प्रयोग गरिएको छ।

टोयोटाले यसको ६५५ भागहरू चिनियाँ आपूर्तिकर्ताहरूबाट आउँने र केवल १५ भाग मात्र आयात गरिने दाबी गरेको छ । टोयोटा bZ3X GAC-टोयोटा संयुक्त उद्यमद्वारा निर्माण गरिएको हो र हाल चीन-विशेष कार हो।

टोयोटाले चीनमा पहिले नै दुई वटा पूर्ण इलेक्ट्रिक बीजेड (bZ) सिरिजका कारहरू ल्याइसकेको छ । ती हुन् bZ4X एसयूभी र bZ3 सेडान। bZ3 टोयोटा र BYDको सहकार्यमा विकास गरिएको हो। यसमा बीवाइडीका इलेक्ट्रिक मोटर र ब्याट्री प्रयोग गरिएको छ। जबकि bZ4Xको चीनमा वितरण बन्द भइसकेको छ । bZ3 को बिक्री अपेक्षाभन्दा राम्रो रहेको कम्पनीले जानकारी दिएकाे छ। जनवरीमा टोयोटाले यसको ३,५१० युनिट बिक्री गरेकाे थियाे जुन वार्षिक रूपमा ४५% वृद्धि हो।

टोयोटाका अनुसार बीजेड३एक्स (bZ3X)ले सार्वजनिक भएको पहिलो घण्टामै १० हजार अर्डर प्राप्त गरेको थियो । साेहि कारण यसको सर्भर क्र्यास भएको थियो। प्रारम्भिक खरिदकर्ताहरूलाई सीमित अवधिको लागि ५,००० युआन (७०० अमेरिकी डलर) छुट प्रदान गरिएको छ। 




दोस्रो बजारमा "स्पूफिङ" गर्ने क्रम बढ्दो, सर्वसाधारण लगानीकर्ता जोखिममा, के हो "स्पूफिङ" ?

Mar 14, 2025 06:15 AM

सुवास निरौला

नेपाल स्टक एक्सचेन्ज(नेप्से)को शेयर कारोबार गर्ने अनलाईन प्रणाली टिएमएस(ट्रेड म्यानेजेमेन्ट सिस्टम)मा बुधबार मध्यान्ह १२ बजेर ५२ मिनेट ५२ सेकेण्ड गएको छ।