सुनको मूल्यमा निरन्तर नयाँ रेकर्ड, कति पुग्यो मूल्य ?

Mar 19, 2025 10:39 AM Merolagani



चैत ६ गते, बुधबार, नेपाली बजारमा सुनको मूल्यले निरन्तर नयाँ रेकर्ड बनाएको छ। यस दिन सुनको मूल्य प्रतितोला ८०० रुपैयाँले बढेर रेकर्ड बनाएको हो।

नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार छापावाल सुन प्रतितोला एक लाख ७६ हजार रुपैयाँमा कारोबार भईरहेको छ। मंगलबारको बजारमा छापावाला सुन प्रतितोला एक लाख ७५ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । पछिल्ला दुई दिनदेखि सुनको मूल्यले निरन्तर नयाँ रेकर्ड बनाउदै बढेको छ ।

यस दिन चाँदीको मूल्य भने तोलामा ५ रुपैयाँले घटेको छ। आज चाँदी प्रतितोला दुई हजार ४५ रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबारको बजारमा चाँदी प्रतितोला दुई हजार ५० रुपैयाँमा कारोबार भएको थियो।




माउन्टेन इनर्जीको लाभांश घोषणा, साधारण सभा कहिले?

Oct 13, 2026 10:19 AM

माउन्टेन इनर्जी नेपाल लिमिटेड (MEN) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।