नेप्सेले दियो गिरावटलाई निरन्तरता, कारोबार रकम भने बढ्यो

Mar 19, 2025 03:16 PM Merolagani



बुधबार नेप्से परिसूचक घटेर बन्द भएको छ। पछिल्ला ३ कारोबार दिनदेखि घटिरहेको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो।

यस दिन नेप्से परिसूचक १४.८८ अंक घटेर २६८२.१५ विन्दुमा झरेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स २.९६ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.१४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.९५ अंक घटेको छ।

नेप्से घटेपनि यस दिन कारोबार रकम भने बढेको छ। अघिल्लो कारोबार दिन अर्थात मंगलबार ४ अर्ब ३४ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३११ स्टकको ५४ हजार ६२२ पटकको कारोबारमा ५ अर्ब १४ करोड ३९ लाख ९७ हजार रुपैयाँबराबरको ९५ लाख ८३ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन मिथिला लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य सर्वाधिक ९.३९ प्रतिशत बढेको छ। सो लघुवित्तको शेयरमूल्य यस दिन १७० रुपैयाँ बढेर प्रतिकित्ता १ हजार ९८० रुपैयाँमा अन्तिम कारोबार भएको छ। त्यस्तै, यस दिन गरिमा समृद्धि योजनाको इकाईमूल्य साढे ७ प्रतिशतभन्दा बढी बढेको छ भने भुगोल इनर्जी डेभलपमेन्ट कम्पनीको करिब साढे ७ प्रतिशत र ग्रीन डेभलपमेन्ट बैंकको ७ प्रतिशत बढेको छ। कारोबारमा आएको सामुदायिक लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य यस दिन सर्वाधिक ९.२० प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन पनि हिमालयन रि इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन २९ करोड ६७ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको करिब साढे २३ करोडको शेयर किनबेच भएको छ भने नेपाल पुनर्बीमा कम्पनीको १७ करोडभन्दा बढीको शेयर खरिदबक्री भएको छ।

१३ उपसमूहमध्ये यस दिन ३ उपसमूहको परिसूचक बढेको छ भने १० उपसमूहको परिसूचक घटेको छ। यस दिन होटल तथा पर्यटन, म्युचुअल फण्ड र व्यापार उपसमूहको परिसूचक सामान्य बढेको हो। कारोबारमा आएको वित्त उपसमूहको परिसूचक यस दिन सर्वाधिक १.५३ प्रतिशत घटेको छ। त्यस्तै, यस दिन जीवन बीमा उपसमूहको परिसूचक करिब साढे १ प्रतिशत घटेको छ।




वाणिज्य बैंकहरूको वित्तीय विश्लेषणः नबिल नाफामा अगाडि, एभरेस्टको लाभांश क्षमता उच्च

Aug 16, 2026 07:24 AM

नेपालमा सञ्चालनमा रहेको २० वटै वाणिज्य बैंकहरुले आर्थिक वर्ष २०८२८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरिसकेका छन्। विवरण अनुसार वाणिज्य बैंकहरूको समग्र स्थितिमा निकै उतारचढाव देखिएको छ।