बिहीबारबाट अन्तिम कारोबार मूल्य कायम हुने, १५ मिनेटको औसत कारोबार मूल्य नै अन्तिम कायम हुने

Mar 19, 2025 05:36 PM merolagani



नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले बिहीबारदेखि अन्तिम कारोबार मूल्य परिवर्तन गर्ने भएको छ। बुधवार एक सूचना जारी गर्दै नेप्सेले सो जानकारी गराएको छ।

सूचना अनुसार दुई बजेर ४५ मिनेट देखि ३ बजेसम्म कारोबार हुने शेयरको अन्तिम भारित औसत कारोबार मूल्य नै अन्तिम कारोबार मूल्य हुने छ। यदि अन्तिम १५ मिनेटमा कुनै पनि कारोबार नभएमा त्यस अघि भएको अन्तिम कारोबार मूल्य नै अन्तिम कारोबार मूल्य हुने छ। बिहीबार देखि उक्त व्यवस्था कार्यान्वयनमा आउने छ।  

 

 





पूँजी बजार सुधारका लागि सरकारको २१ बुँदे कार्ययोजना, आईपीओदेखि शेयर कारोबारको करसम्म  पुनरावलोकन (यस्तो छ पूर्णपाठ)

Sep 14, 2026 09:21 PM

सरकारले नेपालको पूँजी बजारलाई सुदृढ र पुनरुत्थान गर्न २१ बुँदे कार्ययोजना अघि सारेको छ। प्राथमिक बजारको सुधार, नयाँ वित्तीय उपकरणको विकास, धितोपत्र दलाल व्यवसायको संस्थागत सुधारदेखि संस्थागत लगानीकर्ताको सहभागिता र शेयर कारोबारमा लाग्ने कर व्यवस्थासम्म पुनरावलोकन गर्ने योजना सरकारले अघि सारेको हो।