यसकारण एक दिनमै गयाे गोर्खाज फाइनान्सको सीईओको जागिर

Mar 24, 2025 05:16 PM mero lagani



गत चैत्र १० गते आइतबार गोर्खाज फाइनान्सको प्रमुख कार्यकारी अधिकृतमा ज्ञानेन्द्र इवाहाङ नियुक्त भए । त्यही दिन बिहान बसेकाे सञ्चालक समिति बैठकले इवाहाङलाई नियुक्त गर्ने निर्णय गरेको थियो ।

उक्त निर्णयको जानकारी फाइनान्सले आइतबार नै नेप्से र नेपाल राष्ट्र बैंकमा पठायाे । तर राष्ट्र बैंकले फाइनान्सकाे पत्र पाउने वित्तिकै आइतबार नै सम्पुर्ण निर्णय खारेज गर्न आइतबार नै निर्देशन दियो ।

राष्ट्र बैंकको निर्देशनपछि आइतबार नै साँझ ४ बजे बसेको फाइनान्सकाे सञ्चालक समितिको बैठकले सीईओ नियुक्तिको निर्णय खारेज पनि गर्यो ।

यति छिटाे किन राष्ट्र बैंकले कारवाही गर्याे भन्ने प्रश्न उठ्न सक्छ। भएकाे के रहेछ भने, गत पुस २४-२५ गते राष्ट्र बैंकले फाइनान्समा विशेष अनुगमन गरेको थियो । साे अनुगमनकाे क्रममा पुस १४ गते नियुक्त भएका प्रमुख कार्यकारी अधिकृत प्रकाश चन्द्र अधिकारीकाे नियुक्तिमा पनि कैफियत भेटियाे । आफ्नाे  नियुक्तिमा कैफियत भएकाे भन्ने केन्द्रीय बैंककाे निष्कर्ष पछि अधिकारी पदमा बस्न चाहेनन र राजीनामा दिए ।

फाइनान्समा यही पृष्ठभूमि अद्यावधि भइरहँदा  फाइनान्स व्यवस्थापनले पुसमै राजीनामा दिएका अधिकारीकाे राजीनामा बल्ल चैत्र ६ गते स्वीकृत गर्याे र नयाँ  प्रमुख कार्यकारी अधिकृतका रूपमा इवाहाङलाई भित्र्यायाे ।

 

 




हाइडोपावर कम्पनीहरूको नाफामा उछालः कुन कम्पनीको वित्तीय अवस्था कति बलियो ?

Aug 21, 2026 05:32 AM

गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा हाइडोपावर कम्पनीहरूको खुद नाफा औसतमा ४ सय ७१ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ। कुल १ सय ११ वटा हाइडोपावर कम्पनीहरूको वित्तीय विवरण अनुसार ९१ वटा कम्पनी खुद नाफामा रहेका छन् भने २० वटा कम्पनी अझै घाटामा रहेका छन्।