यी लापरवाहीका कारण हुनसक्छ गाडीको माइलेज कम

Mar 31, 2025 10:19 PM Merolagani



नेपालमा दैनिक गाडीहरुको उपयोग बढ्दो छ। लापरवाहीका कारण जरुरतभन्दा बढी इन्धन खपत हुन्छ, जसले प्रदुषण बढाउनुका साथै दीर्घकालमा गाडीको इन्जिनलाई पनि नोक्सान पुर्याउँछ।

तपाई पनि आफ्नो गाडीबाट धेरै माइलेज प्राप्त गर्न चाहनुहुन्छ भने केही कुराहरुलाई ध्यानमा राख्नुभयो भने यो सजिलै हुनसक्छ।

 

समयमा सर्भिस गराउने

कुनै पनि गाडीबाट धेरै माइलेज पाउनका लागि समयमा सर्भिस गराउन आवश्यक छ। यदी गाडीलाई समयमा सर्भिस गराइएन भने इन्जिन आयल, आयल फिल्टरसँगै गाडीको माइलेज पनि कम हुन जान्छ। लामो समयसम्म यस्तो लापरवाही गर्दा इन्जिलाई ठूलो नोक्सानी पनि हुन सक्छ।

अचानक गति नबढाउने

गाडी चलाउने बेलामा बढी माइलेज चाहिन्छ भने कहिल्यै पनि अचानक गति बढाउने जस्तो लापरवाही गर्नु हुँदैन। यसरी गाडी चलाउँदा इन्जिनलाई धेरै पावरको आवश्यकता पर्दछ र त्यसको लागि क्षमताभन्दा बढी काम गर्नुपर्दछ। जसको लागि धेरै इन्धनको जरुरत पर्दछ। यस्तोमा माइलेज त कम हुन्छ नै साथै इन्जिनलाई पनि नोक्सानी पुग्दछ।

एयर फिल्टर सफा राखौँ

गाडीबाट धेरै माइलेज पाउन जति पेट्रोल या डिजेलको आवश्यकता पर्दछ, त्यति नै सफा हावा इन्जिनसम्म पुग्न पनि जरुरी छ। सफा हावालाई इन्जिनसम्म पुर्याउने कार्य एयर फिल्टरले गर्दछ। यदी एयर फिल्टर खराब भयो भने इन्जिनसम्म पर्याप्त मात्रामा सफा हावा पुग्न सक्दैन र इन्धनको खपत बढ्न जान्छ। परिणामस्वरुप माइलेजमा पनि कमी आउँछ। एयर फिल्टरलाई आफै पनि सफा गर्न सकिन्छ र आवश्यक परेमा बदल्न पनि सकिन्छ। यदी खराब एयर फिल्टरसँग गाडी लामो समयसम्म चलाइयो भने त्यसले इन्जिनलाई पनि नोक्सानी पुर्याउँछ।

खराब स्पार्क प्लगले पनि हुनसक्छ माइलेज कम

गाडीमा स्पार्क प्लगको काम इन्धनलाई सही तरिकाले जलाउनका लागि स्पार्क दिने हो। लापरवाहीका कारण कयौँ पटक यो खराब हुन्छ या त्यसमा फोहोर जम्मा हुन्छ। यसले गर्दा सहि तरिकाले स्पार्क प्राप्त हुँदैन। यसले इन्धनको खपत बढ्न पुग्छ र माइलेजमा कमी आउँछ।

(एजेन्सीको सहयोगमा)




सुनको मूल्यमा भारि वृद्धि , सुन चाँदी दुवैले रेकर्ड ब्रेक गर्यो

Oct 05, 2025 12:10 PM

असोज १९ गते, आइतबार,  नेपाली बजारमा सुन र चाँदीको मूल्य भारि वृद्धि भएर ऐतिहासिक उचाईमा पुगेको छ । दशैपछि खुलेको बजारमा सुन एकैपटक प्रतितोला ७ हजार ४०० रुपैयाँ बढेको छ चाँदी तोलामा १२० रुपैयाँले बढेको हो ।