नेप्से बढेर पुनः २६०० विन्दु माथि उक्लियो, कारोबार रकम भने घट्यो

Mar 26, 2025 03:23 PM Merolagani



बुधबार नेप्से परिसूचक बढेर बन्द भएको छ। अघिल्लो कारोबार दिन ५८ अंक घटेर २६०० विन्दुभन्दा तल झरेको नेप्से, यस दिन बढेर पुनः २६०० विन्दु माथि उक्लिएको छ।

यस दिन नेप्से परिसूचक ३९.१३ अंक बढेर २६२१.८६ विन्दुमा पुगेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स ५.७१ अंक बढेको छ भने फ्लोट इण्डेक्स २.६९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.०२ अंक बढेको छ।

नेप्से बढेपनि यस दिन कारोबार रकम भने घटेको छ। मंगलबार ५ अर्बभन्दा बढीको शेयर कारोबार भएको बजारमा यस दिन ३१७ स्टकको ४८ हजार ७८५ पटकको कारोबारमा ४ अर्ब २० करोड ४४ लाख ८ हजार रुपैयाँबराबरको ९१ लाख ४२ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन माउन्टेन हाइड्रो नेपालको शेयरमूल्य सर्वाधिक ५.८५ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन र मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावरको शेयरमूल्य ५ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको उपकार लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य यस दिन सर्वाधिक ७.०९ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन हिमालयन रि इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ४१ करोड ८६ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन नेपाल पुनर्बीमा कम्पनीको साढे ३१ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ भने गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको करिब २३ करोडको शेयर किनबेच भएको छ।

यस दिन १३ वटै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये अन्य उपसमूहको परिसूचक सर्वाधिक २.०९ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन जीवन बीमा उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ भने बैंकिङ्ग, विकास बैंक, वित्त, होटल तथा पर्यटन, जलविद्युत, लगानी, लघुवित्त, निर्जीवन बीमा र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ।




आज नेप्सेमा तीन बजे पछि आएका सूचना: के के छन् ?

Sep 29, 2026 04:28 PM

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत जलविद्युत, वित्तीय तथा लगानी क्षेत्रका कम्पनीहरूले साधारण सभा, शेयर लक-इन अवधि, शेयर बिक्री मनसाय र आयोजना अवरुद्ध भएको सम्बन्धी महत्त्वपूर्ण सूचनाहरू प्रकाशित गरेका छन्।