'शेयर काराेबारकाे अन्तिम १५ मिनेटको भारित औसत मूल्य निर्धारण बिधि अबैज्ञानिक छ'

Apr 03, 2025 06:56 PM Merolagani



बिहीबार शेयर बजार झिनो अंकले बढेको छ । यसदिन बजार ३.३५ अंकले बढेर २७०३.३९ विन्दुमा पुगेको छ भने ७ अर्ब ८४ करोड रुपैयाँभन्दा बढीको शेयर खरिद बिक्री भएको छ ।

बिहीबारको कारोबार अवधिभर राम्रो अंकसहित बढेको थियो । यद्यपि कारोबार अवधिको अन्तिम समयमा बजारमा बिक्रीचाप बढेको थियो । पछिल्ला केहि कारोबार दिनदेखि बजार सकारात्मक हुँदैछ । जसले लगानीकर्ताको मनोबल सकारात्मक बनाउनको लागि भुमिक निर्वाह गरेको छ । बजार २७ सयको मनोवैज्ञानिक विन्दुमाथि रहन कोसिस गरेको छ । चैत मसान्तको दबाब र नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिकाे समय नजिक आएकै कारण लगानीकर्ताहरु पर्ख र हेरको अवस्थामा रहेका छन् ।

नीतिगत अस्थिरता भएकै कारण शेयर बजारसँगै समग्र अर्थतन्त्र प्रभावित भएको छ । सरकार र नियामक निकायको अव्यवहारिक निर्णयले अप्ठेरो पार्ने गरेको लगानीकर्ता रमेश ढुङ्गानाको बुझाई छ । त्यस्तै पछिल्लो समय शेयर काराेबारको अन्तिम १५ मिनेटको भारित औसत मूल्य निर्धारण बिधि पनि अबैज्ञानिक छ । यो विधि लागु गर्न नियामक निकायले हतार गरेको ढुङ्गानाको भनाई छ ।

 




पिए भूपदेव र प्रहरी प्रमुख राजु पाण्डेलाई कारवाही गर्ने दबाब पछि गले बालेन, गुरागाईसंगको सम्वन्ध कसरी मिलाउलान् ?

Apr 12, 2025 06:19 PM

सधै आक्रामक रहने काठमाडौं महानगरपालिका मेयर बालेन साह अहिले चौतर्फीरुपमा एक्लिएपछि तनावमा परेका छन् । यसै पनि कम बोल्ने र कर्मचारी तथा जनप्रतिनिधिलाई कमै मात्र भेटने साहले अघिल्लो विहीबारप्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँलाई कार्यालय प्रवेशमा रोक लगाउने आफ्नो प्रयास असफल भएपछि निराश भएको उनलाई नजिकबाट चिन्नेहरु बताउँछन् ।