शिवम् सिमेन्टलाई १७ औँ कर्पोरेट एक्सिलेन्सी अवार्ड २०२५

Apr 04, 2025 08:47 AM Merolagani
1



शिवम् सिमेन्ट्स लिमिटेड (SHIVM) १७ औँ कर्पोरेट एक्सिलेन्सी अवार्ड २०२५ बाट सम्मानित भएको छ। गत चैत्र २१ गते काठमाडौँमा कर्पोरेट खबरद्वारा आयोजित इश्वरियल १७ औँ कर्पोरेट एक्सिलेन्सी अवार्ड २०२५ कार्यक्रम मार्फत शिवम् सिमेन्ट्स लिमिटेडका प्रबन्ध निर्देशक रघुनन्दन मारुलाई उक्त अवार्डबाट सम्मानित गरिएको थियो।

उक्त कार्यक्रममा फरक फरक विधामा विभिन्न कम्पनीहरु तथा संस्थाहरुलाई अवार्ड प्रदान गरिएको थियो जसमध्ये शिवम् सिमेन्ट्स लिमिटेडलाई कर्पोरेट एक्सिलेन्सी अवार्ड २०२५ बाट सम्मानित गरिएको हो। यसरी उत्कृष्ट उत्पादनमुलक उद्योगको रुपमा स्थापित शिवम् सिमेन्ट लिमिटेडले विगतका दिनहरुमा समेत विभिन्न अवार्डहरुबाट सम्मानित भई सकेको छ।

  • NS Quality Award-2019
  • Energy and Environment Efficiency Awards-2019
  • Best Managed Company of the Year-2022
  • Outstanding International Leadership Achievers Award-2023, United Arab Emirates (UAE), Dubai
  • Shri Mahatma Gandhi Rashtriya Abhiman Puraskar 2023, India
  • Organization Sales Excellence Award-2023
  • 'Awards for Corporate Excellence-2024' in Manufacturing Category

५३ ग्रेड तथा ४३ ग्रेडको ओ.पि.सि. सिमेन्ट उत्पादन तथा बिक्री वितरण गर्दै आईरहेको शिवम् ओ.पि.सि. सिमेन्ट देशका राष्ट्रिय गौरवका योजना तथा अन्य ठुला–ठुला परियोजनाहरुका साथै अनेकौं संरचना निर्माणमा समेत शिवम् सिमेन्टले विगत लामो समय देखि महत्वपूर्ण भुमिका निर्वाह गर्दै आइरहेको कम्पनीले बताएको छ।

नेपालको केन्द्र भाग हेटौँडामा स्थापित यस सिमेन्ट उद्योगले अत्याधुनिक जर्मन प्रविधि युक्त प्लान्टबाट आफ्नै चुनढुङ्गाकोे प्रयोग गरी उच्च गुणस्तरको क्लिंकर र ४३ तथा ५३ ग्रेडको शिवम् सिमेन्ट उत्पादन तथा बिक्री वितरण गर्दै आइरहेको छ। उच्च गुणस्तर, निःशुल्क प्राविधिक सेवा समेतका कारणले गर्दा नै शिवम् सिमेन्ट ग्राहकहरुद्वारा अत्याधिक रुचाइएको तथा विश्वास गरिएको असली ओ.पि.सि. सिमेन्ट बन्न सफल भएको हो।

नेपाल गुणस्तर चिन्ह ५७२, ४९ तथा बीआईएस (आईएसआई), यूआरएस प्रमाणित आईएसओ सर्टिफिकेट प्राप्त शिवम् सिमेन्टले देशको भौतिक विकास निर्माणमा विभिन्न असहज परिस्थितिमा पनि निरन्तर सेवा तथा सुविधा दिदैँ आएको छ।




पिए भूपदेव र प्रहरी प्रमुख राजु पाण्डेलाई कारवाही गर्ने दबाब पछि गले बालेन, गुरागाईसंगको सम्वन्ध कसरी मिलाउलान् ?

Apr 12, 2025 06:19 PM

सधै आक्रामक रहने काठमाडौं महानगरपालिका मेयर बालेन साह अहिले चौतर्फीरुपमा एक्लिएपछि तनावमा परेका छन् । यसै पनि कम बोल्ने र कर्मचारी तथा जनप्रतिनिधिलाई कमै मात्र भेटने साहले अघिल्लो विहीबारप्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँलाई कार्यालय प्रवेशमा रोक लगाउने आफ्नो प्रयास असफल भएपछि निराश भएको उनलाई नजिकबाट चिन्नेहरु बताउँछन् ।