राष्ट्र बैंकले आज ३५ अर्ब रुपैयाँ बजारबाट तान्ने

Apr 07, 2025 12:08 PM Merolagani
2



नेपाल राष्ट्र बैंकले बजारबाट ३५ अर्ब रुपैयाँ तान्ने भएको छ। बजारमा अधिक तरलता भएपछि राष्ट्र बैंकले चैत २५ गते ३५ अर्ब रुपैयाँ खिच्ने भएको हो।

२३ दिन अवधीका लागि राष्ट्र बैंकले उठाउन लागेको हो। उक्त ३५ अर्ब रुपैयाँको साँवा तथा ब्याज बैंकहरुले २०८२ बैशाख १७ गते फिर्ता पाउनेछन्। क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरुले न्यूनतम १० करोड र बढीमा ५ करोडले भाग गर्दा निः शेष आउने अंक बराबरको निक्षेप राष्ट्र बैंकमा राख्न सक्ने भएका हुन्। बैंकहरुले त्यसरी राखेको निक्षेपको ब्याजदर भने बोल कबोलका माध्यमबाट निर्धारण हुनेछ।

इच्छुक बैंक तथा वित्तीय संस्थाले सोमबार दिउँसो ३ बजेसम्म बोलकबोलमार्फत आवेदन दिन सक्नेछन्। बजारमा रहेको अधिक तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकले निक्षेप संकलन उपकरण प्रयोग गर्दै आएको छ।




गभर्नरमा डा. भट्ट ‘कन्फर्म’ भएकाे कुरा के हाे ? डा.निलमको आधा—आधाको हिसाब यसरी विग्रियो

Apr 17, 2025 11:26 AM

भनिन्छ, जब इमान्दारहरुबीच खुट्टा तानातान हुन्छ, तब खराब मान्छेले मौका पाउंछ र जब खराबहरुका बीचमा खुट्टा तानातान हुन्छ, तब इमान्दारले मौका पाउंछ ।