सामान्य अंक घट्यो नेप्से, कारोबार रकम भने बढ्यो

Apr 10, 2025 03:23 PM Merolagani



साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक सामान्य अंक घटेर बन्द भएको छ। अघिल्लो कारोबार दिन अर्थात बुधबार करिब १० अंक बढेर बन्द भएको नेप्से, यस दिन भने सामान्य अंक घटेर बन्द भएको हो।

बिहीबार नेप्से परिसूचक ५.५७ अंक घटेर २६७०.७० विन्दुमा झरेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स ०.१९ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.१८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.०३ अंक घटेको छ।

नेप्से घटेपनि यस दिन कारोबार रकम भने बढेको छ। बुधबार करिब साढे ४ अर्बको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३२१ स्टकको ४९ हजार ६३२ पटकको कारोबारमा ५ अर्ब ६३ करोड ७९ लाख रुपैयाँबराबरको १ करोड १३ लाख ८४ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन दुई स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन नेपाल माइक्रो इन्स्योरेन्स र क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। नेपाल माइक्रो इन्स्योरेन्स गत मंगलबारदेखि दोस्रो बजारमा कारोबारमा आएको हो भने क्रेष्ट माइक्रो लाइफ आजदेखि कारोबारमा आएको कम्पनी हो। त्यस्तै, सिन्धु विकास बैंकको शेयरमूल्य करिब ८ प्रतिशत बढेको छ भने विन नेपाल लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ७ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको बोटलर्स नेपाल (बालाजु) को शेयरमूल्य यस दिन सर्वाधिक ४.३७ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन राधी विद्युत कम्पनी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ३५ करोड ९४ लाख रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, यस दिन एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको ३५ करोडभन्दा बढीको शेयर कारोबार भएको छ भने हिमालयन रि इन्स्योरेन्सको साढे ३० करोडभन्दा बढीको शेयर किनबेच भएको छ।

१३ उपसमूहमध्ये यस दिन ४ उपसमूहको परिसूचक बढेको छ भने ९ उपसमूहको परिसूचक घटेको छ। यस दिन विकास बैंक, जलविद्युत, लघुवित्त र म्युचुअल फण्ड उपसमूहको परिसूचक सामान्य बढेको हो। यस दिन अन्य उपसमूहको परिसूचक ०.९० प्रतिशत घटेको छ।




शेयर बजार र घर जग्गमा लाग्ने कर बढ्यो, विदेश पढ्न जानेमाथि थप भार

May 29, 2026 08:11 PM

आर्थिक वर्ष २०८३/८४ को नयाँ बजेटसँगै सरकारले ल्याएको आर्थिक विधेयक र मन्त्रिपरिषद्को पछिल्लो निर्णयले नेपालको कर प्रणालीमा ठूलो फेरबदल ल्याएको छ।