सुनको मूल्यमा भारि वृद्धि सहित नयाँ रेकर्ड

Apr 11, 2025 10:55 AM Merolagani



चैत २९ गते, शुक्रबार, नेपाली बजारमा सुनको मूल्य दोस्रो दिन पनि भारि वृद्धि भएको छ । यसदिन सुन प्रतितोला ३ हजार ९०० रुपैयाँले बढेर नयाँ रेकर्ड बनाएको हो ।

नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन छापावाल सुन प्रतितोला एक लाख ८५ हजार रुपैयाँमा कारोबार भईरहेको छ । बिहीबारको बजारमा यस्तो सुन प्रतितोला एक लाख ८१ हजार १०० रुपैयाँ खरिदबिक्री भएको थियो ।

सुनको मूल्यले हिजो बिहीबार कायम मूल्यलाई ब्रेक गरेर एतिहासिक रेकर्ड बनाएको हो । पछिल्ला दुई कारोबार दिनदेखि सुनको मूल्यमा उल्लेख्य वृद्धि भएर रेकर्ड ब्रेक गरेको हो

यस दिन चाँदीको तोलामा ५ रुपैयाँ बढेको छ । आज चाँदी प्रतितोला एक हजार ९०५ रुपैयाँमा किनबेच भइरहेको छ । बिहीबारको बजारमा चाँदी प्रतितोला एक हजार ९०० रुपैयाँमा किनबेच भएको थियो ।




राष्ट्रिय पार्टी बन्नेमा पाँच दल ढुक्कः संघर्ष गर्दै राप्रपा, राष्ट्रिय पार्टी बन्नेलाई यस्ताे हुन्छ सुविधा ?

Mar 09, 2026 05:33 PM

नेपालमा पाँच वटा राजनीतिक दलहरुले मात्रै राष्ट्रिय पार्टीको मान्यता पाउने देखिएको छ । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनको हालसम्मको मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली काँग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी र श्रम संस्कृति पार्टीले राष्ट्रिय पार्टीको मान्यता पाउने आधार देखिएको हो ।