सुनको मूल्यमा भारि वृद्धि सहित नयाँ रेकर्ड

Apr 11, 2025 10:55 AM Merolagani



चैत २९ गते, शुक्रबार, नेपाली बजारमा सुनको मूल्य दोस्रो दिन पनि भारि वृद्धि भएको छ । यसदिन सुन प्रतितोला ३ हजार ९०० रुपैयाँले बढेर नयाँ रेकर्ड बनाएको हो ।

नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन छापावाल सुन प्रतितोला एक लाख ८५ हजार रुपैयाँमा कारोबार भईरहेको छ । बिहीबारको बजारमा यस्तो सुन प्रतितोला एक लाख ८१ हजार १०० रुपैयाँ खरिदबिक्री भएको थियो ।

सुनको मूल्यले हिजो बिहीबार कायम मूल्यलाई ब्रेक गरेर एतिहासिक रेकर्ड बनाएको हो । पछिल्ला दुई कारोबार दिनदेखि सुनको मूल्यमा उल्लेख्य वृद्धि भएर रेकर्ड ब्रेक गरेको हो

यस दिन चाँदीको तोलामा ५ रुपैयाँ बढेको छ । आज चाँदी प्रतितोला एक हजार ९०५ रुपैयाँमा किनबेच भइरहेको छ । बिहीबारको बजारमा चाँदी प्रतितोला एक हजार ९०० रुपैयाँमा किनबेच भएको थियो ।




दुई कुराबाट टाढा रहने ऊर्जामन्त्री घिसिङको घोषणा

Sep 15, 2025 03:43 PM

नवनियुक्त ऊर्जामन्त्री कुलमान घिसिङले पदभार ग्रहण गरेसँगै एक सशक्त सन्देश दिएका छन्। उनले मन्त्रीको हैसियतमा कुनै तलब, भत्ता, सुरक्षालगायत सेवा-सुविधा नलिने घोषणा गरेका हुन्।