सातामा करिब साढे १ प्रतिशत घट्यो नेप्से, कुन उपसमूहको परिसूचक कति बढ्यो? कति घट्यो?

Apr 12, 2025 06:35 AM Merolagani



यस साता नेप्से परिसूचक करिब साढे १ प्रतिशत घटेर बन्द भएको छ। गत साता २७०३.३९ विन्दुमा बन्द भएको नेप्से, यस साता १.२१ प्रतिशत अर्थात ३२.०९ अंक घटेर २६७०.७० विन्दुमा झरेको छ।

यस साता ४ कारोबार दिनका लागि बजार खुलेको थियो। जसमध्ये १ कारोबार दिन नेप्से बढेको थियो भने ३ कारोबार दिन घटेर बन्द भएको थियो।

यस साता सेन्सेटिभ इण्डेक्स ४.०५ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.९७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.४३ अंक घटेको छ।

नेप्सेसँगै यस साता कारोबार रकम पनि घटेको छ। गत साता दैनिक औषतमा ६ अर्ब ६६ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस साता दैनिक औषतमा ५ अर्ब २७ करोडको शेयर किनबेच भएको छ। गत साताको तुलनामा यस साताको दैनिक औषत कारोबार रकम २०.८७ प्रतिशत घटेको हो। यस साता दैनिक औषत शेयर संख्या १९.३० प्रतिशत घटेको छ भने दैनिक औषत कारोबार संख्या २०.३० प्रतिशत घटेको छ।

यस साता नेप्सेको कुल बजार पूँजीकरण १ प्रतिशतभन्दा बढी घटेको छ। गत साताको अन्तिम कारोबार दिन ४४ खर्ब ८९ अर्ब रुपैयाँ रहेको नेप्सेको कुल बजार पूँजीकरण, यस साता ४९ अर्ब रुपैयाँ घटेर ४४ खर्ब ३९ अर्ब रुपैयाँ झरेको छ।

यस साता १३ वटा उपसमूहमध्ये ३ उपसमूहको परिसूचक बढेको छ भने १० उपसमूहको परिसूचक घटेको छ। यस उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक ०.६१ प्रतिशत बढेको छ। गत साता ७०३२.२९ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक, यस साता ४२.५९ अंक बढेर ७०७४.८८ विन्दुमा पुगेको छ। त्यस्तै, यस साता म्युचुअल फण्ड र होटल तथा पर्यटन उपसमूहको परिसूचक सामान्य बढेको छ।

यस साता व्यापार उपसमूहको परिसूचक सर्वाधिक २.९४ प्रतिशत घटेको छ। गत साता ४७९६.३८ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक, यस साता १४०.८३ अंक घटेर ४६५५.५५ विन्दुमा झरेको छ। अंकका आधारमा भने यस साता जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक १४८.९९ अंक घटेको छ।

यस साता नेप्सेमा ६ कम्पनीको १ करोड ५१ लाख १४ हजार ५७.१७ कित्ता शेयर सूचीकृत भएको छ। यस साता राधी विद्युत कम्पनी, कालिका लघुवित्त वित्तीय संस्था, जीवन विकास लघुवित्त वित्तीय संस्था, नागरिक लगानी कोष र समता घरेलु लघुवित्त वित्तीय संस्थाको बोनस शेयर तथा क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको आईपीओ नेप्सेमा सूचीकृत भएको हो।

यस साता विन नेपाल लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य सर्वाधिक २४.५९ प्रतिशत बढेको छ। गत साता २ हजार ७८८ रुपैयाँ ५० पैसामा अन्तिम कारोबार भएको यस लघुवित्तको शेयरमूल्य, यस साता ३ हजार ४७४ रुपैयाँ १२ पैसामा अन्तिम कारोबार भएको छ। त्यस्तै, यस साता ङादी ग्रुप पावर र सिन्धु विकास बैंकको शेयरमूल्य साढे ८ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको अप्पर हेवाखोला हाइड्रोपावर कम्पनीको शेयरमूल्य सर्वाधिक ११.६९ प्रतिशत घटेको छ।

फ्लोरसिट विश्लेषण गर्दा यस साता नबिल ब्यालेन्स्ड फण्ड ३, पाँचथर पावर कम्पनी र स्वाभिमान लघुवित्त वित्तीय संस्था लगायतका स्टकहरु मोस्ट पपुलर बाइ स्टक सूचीको शीर्ष स्थानमा रहेका छन् भने अप्पर हेवाखोला हाइड्रोपावर कम्पनी, नेपाल बैंक, चन्द्रागिरी हिल्स लिमिटेड लगायतका स्टकहरु मोस्ट पपुलर सेल स्टक सूचीको शीर्ष स्थानमा रहेका छन्।




सुन र चाँदीको मूल्य घट्ने क्रम जारी

Oct 28, 2025 11:08 AM

कात्तिक ११ गते, मंगलबार नेपाली बजारमा सुन र चाँदीको मूल्यले घट्ने क्रमलाई निरन्तरता दिएको छ। यस दिन सुन प्रतितोला २ हजार ९०० रुपैयाँ घटेको छ भने चाँदी तोलामा ६० रुपैयाँ घटेको छ।