गत साता करिब साढे १ प्रतिशत घटेको नेप्से, यस साता के होला?

Apr 13, 2025 06:19 AM Merolagani



गत साता नेप्से परिसूचक करिब साढे १ प्रतिशत घटेर बन्द भएको थियो। अघिल्लो साता २७०३.३९ विन्दुमा बन्द भएको नेप्से, गत साता १.२१ प्रतिशत अर्थात ३२.०९ अंक घटेर २६७०.७० विन्दुमा झरेको छ।

सो साता ४ कारोबार दिनका लागि बजार खुलेको थियो। जसमध्ये १ कारोबार दिन नेप्से बढेको थियो भने ३ कारोबार दिन घटेर बन्द भएको थियो।

 

प्रतिरोध परीक्षणमै

अघिल्लो साता नेप्से २६५० देखि २७०० को प्रतिरोध परीक्षणमा रहेको नेप्से, गत साता पनि सोही क्षेत्र परीक्षणमा नै रहेको छ। गत साताभरी नेप्से सोही प्रतिरोध क्षेत्रमै रह्यो। आगामी दिनमा नेप्से २६५० भन्दा तल आएमा २४४० देखि २५०० को क्षेत्रमा टेवा पाउने देखिन्छ।

बिक्रीकर्ता बलियो

साप्ताहिक रुपमा गत साता नेप्सेले बियरिश मैनबत्ती बनाएको छ। यसले सो साता बजारमा बिक्रीकर्ता बलियो रहेको संकेत गर्दछ। त्यस्तै, गत साताका चारै कारोबार दिन नेप्सेले रातो मैनबत्ती बनाएको थियो। जसले पनि ती सबै दिनहरुमा बिक्रीकर्ता बलियो रहेको संकेत गर्दछ।

कमजोर भोल्यूम

गत साता नेप्सेसँगै भोल्यूम पनि कमजोर रहेको छ। गत साता नेप्सेमा दैनिक औषतमा ५ अर्ब २७ करोडको शेयर कारोबार भएको थियो। साताको अन्तिम कारोबार दिन नेप्सेको २० दिने औषत भोल्यूम ५ अर्ब ८० करोड रहेको छ। २० दिने औषत भोल्यूमको तुलनामा गत साताको दैनिक औषत भोल्यूम ९.१३ प्रतिशत कम हो।

बुलिश प्रवृत्ति

गत साता नेप्सेको एमएसिडी रेखा सिग्नल रेखाभन्दा माथि रहेको छ। त्यस्तै, नेप्सेको हिस्टोग्राम पनि सकारात्मक क्षेत्रमा रहेको छ। यसले गत साता बजार बुलिश प्रवृत्तिमा रहेको संकेत गर्दछ। यद्यपि, एमएसिडी रेखा र सिग्नल रेखाबीचको दूरी साँघुरो छ भने हिस्टोग्रामको उचाई पनि होचो छ।

खरिदबिक्री चाप सन्तुलनमा

गत साता नेप्सेको स्टकास्टिक आरएसआई न्यूट्रल जोनमा रहेको छ। यसले गत साता बजारमा शेयर खरिदबिक्री चाप सन्तुलनमा रहेको संकेत गर्दछ।

(यस समाचारको प्राविधिक विश्लेषणमा प्रयोग भएका चित्रहरु मेरोलगानी एआई चार्टबाट लिइएको हो।)

(उपलब्ध तथ्यांकका आधारमा तयार पारिएको यो विश्लेषण आफैमा पूर्ण होइन। लगानीकर्ताले लगानीको निर्णय गर्नु अघि आफैले थप अध्ययन तथा विश्लेषण गर्नु आवश्यक छ।)




राष्ट्रिय पार्टी बन्नेमा पाँच दल ढुक्कः संघर्ष गर्दै राप्रपा, राष्ट्रिय पार्टी बन्नेलाई यस्ताे हुन्छ सुविधा ?

Mar 09, 2026 05:33 PM

नेपालमा पाँच वटा राजनीतिक दलहरुले मात्रै राष्ट्रिय पार्टीको मान्यता पाउने देखिएको छ । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनको हालसम्मको मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली काँग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी र श्रम संस्कृति पार्टीले राष्ट्रिय पार्टीको मान्यता पाउने आधार देखिएको हो ।