सन नेपाल लाइफको शेयरमूल्य समायोजन

Apr 18, 2025 06:07 AM Merolagani



बैशाख ५ गते, शुक्रबार, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सन नेपाल लाइफ इन्स्योरेन्स (SNLI) को शेयरमूल्य समायोजन भएको छ। हकप्रद शेयर निष्काशन प्रयोजनार्थ इन्स्योरेन्सले बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।

यस दिन इन्स्योरेन्सको २७ प्रतिशत हकप्रद शेयर समायोजन भएको हो। समायोजनपश्चात इन्स्योरेन्सको शेयरमूल्य ५१६ रुपैयाँ ६६ पैसा कायम भएको छ। नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा इन्स्योरेन्सको शेयरमूल्य समायोजन गरेको हो। अघिल्लो कारोबार दिन अर्थात बिहीबार, दोस्रो बजारमा इन्स्योरेन्सको शेयर प्रतिकित्ता ६२९ रुपैयाँ १६ पैसामा अन्तिम कारोबार भएको थियो।

यही समायोजत मूल्यलाई आधार मानेर आइतबार दोस्रो बजारमा इन्स्योरेन्सको शेयर कारोबार खुल्नेछ।




बाबु आमा माथि आक्रमण भएर घर खरानी हुँदा कहाँ थिए शेरबहादुर-आरजुका छोरा बुहारी ?

Sep 18, 2025 12:43 PM

गत साता भएको जेनजी आक्रमणको प्रमुख निसानामा परे कांग्रेस सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी तथा तत्कालिन परराष्ट्र मन्त्री डा.आरजु राणा ।