विश्व पौडेल गभर्नर बन्ने लगभग निश्चित, समितिकाे आजै बस्ने बैंठकले तीन जनाको नाम सिफारिस गर्ने

May 20, 2025 02:01 PM Merolagani



डा. विश्व पौडेल गभर्नर बन्ने लगभग निश्चित भएकाे छ । राष्ट्र बैंकको रिक्त गभर्नरमा आज साँझको मन्त्रिपरिषदकाे बैठकले उनलाई नियुक्त गर्ने सम्भावना रहेकाेछ ।

 

त्यसअघि गभर्नरको उम्मेदवार सिफारिस समितिले तीन जनाको नाम अर्थ मन्त्रालयमार्फत् मन्त्रिपरिषदकाे बैठक समक्ष पठाउँदै छ । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल संयोजक, पूर्व गभर्नर महाप्रसाद अधिकारी र डा. पोषराज पाण्डे सदस्य रहेको समितिले आजै तीन जनाको नाम सिफारिस गर्न लागेको स्राेतकाे दावी छ ।

समितिले विश्व पौडेलसहित डेपुटी निलम ढुंगाना तिम्सिना र अर्का डेपुटी बमबहादुर मिश्रको नाम सिफारिस गर्दैछ । पहिलो नम्बरमा पौडेलको नाम राखिने बुझिएकाे छ  ।




राष्ट्रिय पार्टी बन्नेमा पाँच दल ढुक्कः संघर्ष गर्दै राप्रपा, राष्ट्रिय पार्टी बन्नेलाई यस्ताे हुन्छ सुविधा ?

Mar 09, 2026 05:33 PM

नेपालमा पाँच वटा राजनीतिक दलहरुले मात्रै राष्ट्रिय पार्टीको मान्यता पाउने देखिएको छ । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनको हालसम्मको मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली काँग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी र श्रम संस्कृति पार्टीले राष्ट्रिय पार्टीको मान्यता पाउने आधार देखिएको हो ।