त्यसअघि गभर्नरको उम्मेदवार सिफारिस समितिले तीन जनाको नाम अर्थ मन्त्रालयमार्फत् मन्त्रिपरिषदकाे बैठक समक्ष पठाउँदै छ । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल संयोजक, पूर्व गभर्नर महाप्रसाद अधिकारी र डा. पोषराज पाण्डे सदस्य रहेको समितिले आजै तीन जनाको नाम सिफारिस गर्न लागेको स्राेतकाे दावी छ ।
समितिले विश्व पौडेलसहित डेपुटी निलम ढुंगाना तिम्सिना र अर्का डेपुटी बमबहादुर मिश्रको नाम सिफारिस गर्दैछ । पहिलो नम्बरमा पौडेलको नाम राखिने बुझिएकाे छ ।