हिमालयन रि इन्स्योरेन्सको शेयरमूल्य समायोजन

May 23, 2025 06:13 AM Merolagani



जेठ ९ गते, शुक्रबार, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा हिमालयन रि इन्स्योरेन्स (HRL) को शेयरमूल्य समायोजन भएको छ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले जेठ ११ गते आइतबार बुकक्लोज गर्दैछ।

नेप्सेले यस दिन कम्पनीको ४.५ प्रतिशत बोनस शेयर समायोजन गरेको हो। समायोजनपश्चात कम्पनीको शेयरमूल्य ९३३ रुपैयाँ ६९ पैसा कायम भएको छ। नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा कम्पनीको शेयरमूल्य समायोजन गरेको हो। अघिल्लो कारोबार दिन अर्थात बिहीबार, कम्पनीको अन्तिम मूल्य ९७५ रुपैयाँ ७१ पैसा कायम भएको थियो।

यही समायोजित मूल्यलाई आधार मानेर आगामी आइतबार दोस्रो बजारमा कम्पनीको शेयर कारोबार खुल्नेछ।

कम्पनीले जेठ २५ गते, आइतबार, नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडौँमा चौथो वार्षिक साधारण सभा डाकेको छ। सो सभा बिहान ११ बजे शुरु हुनेछ।

सभाले हाल कायम रहेको चुक्ता पूँजीको ४.५० प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.२४ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। त्यस्तै, सभाले सामाजिक उत्तरदायित्व अन्तर्गत प्रदान गरिएको खर्च तथा अन्य खर्च रकमको अनुमोदन गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।




लघुवित्तको १५ प्रतिशतभन्दा बढी लाभांश दिने व्यवस्था पुनरावलोकन हुँदा यी लघुवित्तमा आउन सक्छ बहार

Jul 15, 2025 06:43 AM

नेपाल राष्ट्र बैंकले आगामी आवको लागि जारी गरेको मौद्रिक नीतिमा लघुवित्तले वार्षिक १५ प्रतिशतभन्दा बढी लाभांश वितरण गर्न नपाउने सम्बन्धी व्यवस्था पुनरावलोकन गर्ने उल्लेख गरेको छ ।