हकप्रद जारी गर्न पिपुल्स पावर कम्पनीको बुकक्लोज मिति तय

Jun 06, 2025 09:23 AM Merolagani



पिपुल्स पावर कम्पनी लिमिटेड (PPL) ले हकप्रद शेयर निष्काशन प्रयोजनार्थ बुकक्लोज मिति तोकेको छ । कम्पनीले असार २ गते एक दिनका लागि बुकक्लोज गर्न लागेको हो।

यस अनुसार असार १ गते आईतबारसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको हकप्रद शेयरमा आवेदन दिन सक्नेछन्।

कम्पनीले हाल कायम चुक्ता पूँजीको १ कित्ता साधारण शेयर बराबर ०.५ अर्थात ५० प्रतिशत हकप्रद शेयर निष्काशन गर्न लागेको हो । कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ३१ लाख ६३ हजार कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ ।




आठ दिनपछि आयाे सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

Jul 11, 2025 11:30 AM

नेपाली बजारमा सुन र चाँदीको मूल्य आठ दिनपछि आएकाे छ । बिहीबार सरकारसँग ६ बुँदे सहमति भएपछि आज शुक्रबार सुनको मूल्य आएकाे हो । सुन चाँदी व्यवसायीहरुले गरेको आन्दोलन कारण गत असार १९ गते बिहीबारदेखि सुनको मूल्य आएको थिएन ।