हकप्रद जारी गर्न पिपुल्स पावर कम्पनीको बुकक्लोज मिति तय

Jun 06, 2025 09:23 AM Merolagani



पिपुल्स पावर कम्पनी लिमिटेड (PPL) ले हकप्रद शेयर निष्काशन प्रयोजनार्थ बुकक्लोज मिति तोकेको छ । कम्पनीले असार २ गते एक दिनका लागि बुकक्लोज गर्न लागेको हो।

यस अनुसार असार १ गते आईतबारसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको हकप्रद शेयरमा आवेदन दिन सक्नेछन्।

कम्पनीले हाल कायम चुक्ता पूँजीको १ कित्ता साधारण शेयर बराबर ०.५ अर्थात ५० प्रतिशत हकप्रद शेयर निष्काशन गर्न लागेको हो । कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ३१ लाख ६३ हजार कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ ।




राष्ट्रिय पार्टी बन्नेमा पाँच दल ढुक्कः संघर्ष गर्दै राप्रपा, राष्ट्रिय पार्टी बन्नेलाई यस्ताे हुन्छ सुविधा ?

Mar 09, 2026 05:33 PM

नेपालमा पाँच वटा राजनीतिक दलहरुले मात्रै राष्ट्रिय पार्टीको मान्यता पाउने देखिएको छ । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनको हालसम्मको मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली काँग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी र श्रम संस्कृति पार्टीले राष्ट्रिय पार्टीको मान्यता पाउने आधार देखिएको हो ।