टप १० टर्नओभरमा एनआरएन बाहेक सबै कम्पनी हाइड्रोपावर समूहबाटै परेका छन् । बिहीबार ङादी ग्रुप पावर एउटा कम्पनीको मात्रै १ अर्ब रुपैयाँ भन्दा बढीको कारोबार भयो । यहीबाट पछिल्लो समय लगानीकर्ताहरु हाइड्रोपावर समूहको कम्पनीमा आकर्षित भएको बुझ्न सकिन्छ । पछिल्लो समय नेपालको शेयर बजारमा संस्थागत लगानीकर्ताको रुपमा म्युचुअल फन्डका इकाईहरुलाई लिन सकिन्छ । म्युचुअल फन्डले कुन हाइड्रोपावरको शेयरमा लगानी गरेका छन् ।
मेरो लगानीले खोतेल्ने प्रयास गरेको छ । बैशाख महिनाको प्रकाशित विवरण अनुसार सम्पूर्ण म्युचुअल फन्डले सबैभन्दा बढी होल्ड गरेको २० वटा हाइड्रोपावरको सूची निकालेका छौं । यस आधारमा म्युचुअल फन्डहरुले सबैभन्दा बढी १७ लाख ५५ हजार कित्ता शेयर होल्ड गरेका छन् । म्युचुअल फन्डहरुले होल्ड गरेको अपी पावरको बजार मूल्य बैशाखको अन्तिम कारोबार दिनको आधारमा ५१ करोड ९१ लाख रुपैयाँ रहेको छ ।
त्यसैगरी माउन्टेन इनर्जी नेपाल लिमिटेडको शेयर दोस्रो धेरै म्युचुअल फन्डले रुचाएको हाइड्रोपावर कम्पनी हो । म्युचुअल फन्डहरुले बैशाख मसान्तसम्म माउन्टेन इनर्जीको १२ लाख ५३ हजार १ सय ८४ कित्ता शेयर होल्ड गरेका छन् जसको बजार मूल्य ७० करोड ६२ लाख रुपैयाँ रहेको छ ।
त्यसैगरी ४० करोड रुपैयाँ बराबरको साहस ऊर्जाको ७ लाख ८१ हजार ८ सय ६ कित्ता, ३१ करोड रुपैयाँ बराबरको ६ लाख ४४ हजार ७ सय ९१ कित्ता चिलिमे हाइड्रोपावर, ३२ करोड ७८ लाख रुपैयाँ बराबरको सानिमा माइ हाइड्रोपावर, ९ करोड ६७ लाख रुपैयाँ बराबरको अरुण काबेली पावर, २३ करोड ८३ लाख रुपैयाँ बराबरको ३ लाख ८७ हजनार ४ सय ८३ कित्ता पिपल्स हाइड्रोपावर, १७ करोड १९ लाख रुपैयाँ बराबरको ३ लाख ३८ हजार ९ सय ९२ कित्ता सानिमा मिडल तमोर हाइड्रोपावर, ७ करोड रुपैयाँ बराबरको २ लाख ४६ हजार २ सय ७३ कित्ता अरुण भ्याली हाइड्रोपावर र १० करोड ३६ लाख रुपैयाँ बराबरको कालिका पावर कम्पनी म्युचुअल फन्डहरुले होल्ड गरेका छन् ।
त्यसैगरी रसुवागढी हाइड्रोपावर १ लाख ९५ हजार, घलेम्दी पावर १ लाख ९३ हजार, हिमालयन ऊर्जा विकास कम्पनी १ लाख ६२ हजार, नेसनल हाइड्रोपावर १ लाख ६२ हजार, राधी विद्युत १ लाख ६१ हजार, सान्जेन जलविद्युत १ लाख ४१ हजार, रुरु जलविद्युत परियोजना १ लाख ३६ हजार, श्वेत गंगा हाइड्रोपावर १ लाख ३२ हजार, युनाइटेड मोदी हाइड्रोपावर १ लाख २८ हजार र बुटवल पावल १ लाख २७ हजार कित्ता विभिन्न म्युचुअल फन्डहरुले होल्ड गरेर बसेका छन् ।
लगानी गरेको रकमको आधारमा भने सबैभन्दा बढी रकम माउन्टेन इनर्जी नेपालमा ७० करोड ६२ लाख, अपी पावरमा ५१ हरोड ९१ लाख रुपैयाँ र साहस ऊर्जामा ४० करोड रुपैयाँ तथा सानिमा माई हाइड्रोपावरमा ३२ करोड ७८ लाख रुपैयाँ तथा चिलिमे हाइड्रोपावरमा ३१ करोड ८ लाख रुपैयाँ लगानी गरेको देखिएको छ ।

समग्र म्युचुअल फन्डहरुको पोर्टफोलियोमा भने हाइड्रोपावरमा कुल लगानीको ९ दशमलब ४९ प्रतिशत लगानी गरेको देखिएको छ । समग्र म्युचुअल फन्डले बैशाख मसान्तसम्म कुल ४४ अर्ब ९१ करोड ७१ लाख रुपैयाँ खुद लगानी गरेकोमा हाइड्रोपावर समूहका शेयरमा मात्रै ४ अर्ब २६ करोड ४७ लाख रुपैयाँ लगानी गरेका छन् । समूहगत आधारमा सबैभन्दा धेरै म्युचुअल फन्डको लगानी वाणिज्य बैंक समूहमा १९ दशमलब ८७ प्रतिशत रहेको छ । माइक्रोफाइनान्स, लाइफ इन्स्योरेन्स र नन लाइफ इन्स्योरेन्स समूहमा १३ प्रतिशतको हाराहारीमा लगानी छ भने विकास बैंक समूहमा ८ दशमलब ६४ प्रतिशत लगानी म्युचुअल फन्डहरुको रहेको छ । नेपाल टेलिकम, पुनर्बीमा कम्पनी सुचीकृत अन्य समूहको शेयरमा म्युचुअल फन्डले ४ दशलब ३९ प्रतिशत लगानी गरेका छन् ।
धेरै हाइड्रोपावर होल्ड गर्ने म्युचुअल फन्ड कुन ?
प्रभु सेलेक्ट फन्ड (पीएसएफ)ले सबैभन्दा बढी ७ लाख ५९ हजार कित्ता हाइड्रोपावरको शेयर होल्ड गरेका छन् । दोस्रोमा सिद्धार्थ इक्वीटी फन्डले ५ लाख १३ हजार ४ सय ६८ कित्ता, प्रभु स्मार्ट फन्डले ४ लाख ९१ हजार ९ सय ८५ कित्ता, नबिल फ्लेक्सी क्याप फन्डले ४ लाख ८१ हजार ४३ कित्ता, गरिमा समृद्धि योजनाले ४ लाख ४७ हजार ४ सय ४२ कित्ता, ग्लोबल आईएमई ब्यालेन्स फन्ड–१ ले ४ लाख ४४ हजार ८ सय ३२ कित्ता, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम २ ले ४ लाख ३१ हजार १ सय ७२ कित्ता, एनआईबीएल सहभागिता फन्डले ३ लाख ८५ हजार ५ सय २० कित्ता, सनराइज ब्लुचिप फन्डले ३ लाख ५२ हजार ७ सय १ कित्ता र मुक्तिनाथ म्युचुएल फन्ड १ ले रु३ लाख ४६ हजार ५ सय ५७ कित्ता हाइड्रोपावरको शेयर होल्ड गरेका छन् ।