ट्रेड टावरको आईपीओ बाँडफाँट

Jun 15, 2025 09:57 AM Merolagani



असार १ गते, आइतबार, ट्रेड टावर लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। हाेटल क्रिष्टल, गाैशाला, काठमाडाैँमा कम्पनीकाे आईपीओ बाँडफाँट भएको हो।

कम्पनीले गत जेठ १४ गतेदेखि २० गतेसम्म सर्वसाधारणका लागि ३२ करोड ९६ लाख ५० हजार ५१९ रुपैयाँबराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ३२ लाख ९६ हजार ५०५.१९ कित्ता आईपीओ निष्काशन गरेको थियो। सो निष्काशनमा कुल २० लाख ७४ हजार २८५ जनाले २ करोड ४१ लाख १७ हजार ४८० कित्ता शेयरका लागि आवेदन दिएका थिए। जसमध्ये १४ हजार ८९७ आवेदन रद्द भएका छन् भने २० लाख ५९ हजार ३८८ आवेदन स्वीकृत भएका छन्।

मागभन्दा बढी आवेदन परेकाले गोलाप्रथा प्रक्रियामार्फत कम्पनीको आईपीओ बाँडफाँट गरिएको छ। जसअनुसार ३ लाख २९ हजार ६५० आवेदकले १० कित्ताका दरले कम्पनीको शेयर प्राप्त गरेका छन्। यसरी बाँडफाँट गर्दा शेष रहेको ५.१९ कित्तामध्ये ५ जनालाई १–१ कित्ताका दरले र एक जनालाई ०.१९ कित्ता बाँडफाँट गरिएको क्यापिटलले जनाएको छ।




नबिल बैंकद्वारा १५.८० प्रतिशत लाभांश प्रस्ताव, बोनस र नगद कति?

Sep 06, 2026 10:06 PM

नबिल बैंक लिमिटेडले आफ्ना शेयरधनीहरूका लागि आर्थिक वर्ष २०८२/८३ को लाभांश घोषणा गरेको छ। बैंकको सञ्चालक समितिले उक्त आर्थिक वर्षको मुनाफाबाट कूल १५.८० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।