आजदेखि ग्वार्को फ्लाइओभर सञ्चालनमा आउने, अपराह्रन ४ बजे प्रधानमन्त्रीले उद्घाटन गर्ने

Jun 20, 2025 06:15 AM Merolagani



ललितपुरको ग्वार्को चोकमा निर्माण भएको ग्वार्को फ्लाइओभर सञ्चालनमा आउँदैछ । उक्त फ्लाइओभरको सम्पूर्ण काम पूरा भइ आज शुक्रबारदेखि औपचारिक सञ्चालनमा आउने सडक विभागले जनाएको छ । 

फ्लाईओभरको शुक्रबार अपराह्रन ४ बजे प्रधानमन्त्री केपी शर्मा ओलीसहित मन्त्री तथा सचिवहरुको उपस्थितिमा उद्घाटन गर्ने कार्यक्रम तय गरिएको छ ।

२ वर्षभित्र सम्पन्न गर्ने गरी २०७८ पुस २७ मा निर्माण सुरु भएकाे फ्लाईओभर निर्माणको कार्य भने तोकिएको समयमा सम्पन्न हुन सकेन । ठेकेदार कम्पनी आशिष–समानान्तर–रेलिगियर जेभीले निर्माणको ठेक्का पाएको थियो । ठेकेदार कम्पनीले पनि फ्लाइओभर परियोजनामा अन्तराष्ट्रिय प्रविधि प्रयोग गरेको जनाएको छ ।

इन्जिनियरिङ, प्रोक्युप्मेन्ट एण्ड कन्ट्रक्सन(इपीसी) मोडेलमा निर्माण गर्ने गरी ठेकेदार कम्पनीले १७ करोडमा उक्त ठेक्का प्राप्त गरेको थियो । ठेक्का सम्झौता अवधिमा फ्लाइओभरको सम्पूर्ण काम नसक्दा ठेकेदार कम्पनी पेनाल्टीमा समेत परेको छ ।

ठेकेदारले फ्लाइओभर निर्माण कार्य ३ बर्ष ४ महिनामा सम्पन्न गरी सरकारलाई हस्तान्तरण गर्दैछ ।




राष्ट्रिय पार्टी बन्नेमा पाँच दल ढुक्कः संघर्ष गर्दै राप्रपा, राष्ट्रिय पार्टी बन्नेलाई यस्ताे हुन्छ सुविधा ?

Mar 09, 2026 05:33 PM

नेपालमा पाँच वटा राजनीतिक दलहरुले मात्रै राष्ट्रिय पार्टीको मान्यता पाउने देखिएको छ । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनको हालसम्मको मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली काँग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी र श्रम संस्कृति पार्टीले राष्ट्रिय पार्टीको मान्यता पाउने आधार देखिएको हो ।