नेशनल लाईफ इन्स्योरेन्सका अध्यक्षको पद तथा गोपनियताको शपथ ग्रहण

Jun 25, 2025 02:05 PM Merolagani



नेपाल बीमा प्राधिकरणको अध्यक्ष शरद ओझाले नेशनल लाईफ इन्स्योरेन्स (NLICL) की अध्यक्ष प्रेमा राज्य लक्ष्मी सिंहलाई एक कार्यक्रमको बीच बीमा ऐन २०७९ को दफा ४७ (६) को व्यवस्था अनुसार पद तथा गोपनियताको शपथ ग्रहण गराएका छन्।

असार ५ मा सम्पन्न ३७ औं वार्षिक साधारण सभावाट इन्स्याेरेन्सको सञ्चालक समितिको पूर्नगठन भई सिंह सञ्चालक समितिको अध्यक्षमा सर्व सम्मतिवाट पूर्ननिर्वाचित भएकी थिइन्।

नेपाल बीमा प्राधिकरणको अध्यक्षले कम्पनीको पूर्ननिर्वाचित अध्यक्ष सिंहको सफल कार्यकालको लागि शुभकामना व्यक्त गरेका थिए। सिंहले सपथ ग्रहण कार्यक्रम सम्पन्न भएकोमा नेपाल बीमा प्राधिकरणको अध्यक्षलाई आफ्नो र सञ्चालक समितिको तर्फबाट आभार एवं धन्यवाद ज्ञापन गरेकी थिइन्।

उक्त समारोहमा नेपाल बीमा प्राधिकरणबाट कार्यकारी निर्देशक सुशील देव सुवेदी र नेशनल लाईफ इन्स्योरेन्स कम्पनीको तर्फबाट कम्पनीको प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीको उपस्थिती रहेको थियो।

 



राष्ट्रिय पार्टी बन्नेमा पाँच दल ढुक्कः संघर्ष गर्दै राप्रपा, राष्ट्रिय पार्टी बन्नेलाई यस्ताे हुन्छ सुविधा ?

Mar 09, 2026 05:33 PM

नेपालमा पाँच वटा राजनीतिक दलहरुले मात्रै राष्ट्रिय पार्टीको मान्यता पाउने देखिएको छ । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनको हालसम्मको मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली काँग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी र श्रम संस्कृति पार्टीले राष्ट्रिय पार्टीको मान्यता पाउने आधार देखिएको हो ।