आगामी असोज १ र २ गते 'पावर समिट' हुने

Jul 01, 2025 06:09 PM merolagani



आगामी असोज १ र २ मा पावर समिट २०२५ आयोजना हुने भएको छ । 

स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था,नेपाल (इप्पान)को आयोजनामा दुई दिने पावर समिट हुने भएकाे हाे । यस्ताे समिट  २/२ वर्षमा आयोजना हुँदै आएको छ ।

नवौं संस्करणको याे पावर समिट आगामी ऊर्जा विकास मार्गचित्र २०८१ को कार्यान्वयन र सन् २०३५ भित्र २८ हजार ५०० मेगावाट विद्युत् उत्पादन गर्न आवश्यक पूँजी जुटाउन कोशेढुंगा हुने अपेक्षा गरिएको छ ।

पावर समिटमा ३० भन्दा बढी देशका लगानीकर्ताको सहभागी हुनेछ।