स्मार्टफोन शाओमी १४ टी को मूल्य घट्यो, अबको मूल्य कति?

Jul 02, 2025 02:03 PM Merolagani



विश्वभर चर्चित प्रविधि ब्रान्ड शाओमीले आफ्नो प्रिमियम स्मार्टफोन शाओमी १४ टी को मूल्य उल्लेख्य रुपमा घटाएको घोषणा गरेको छ। लाइकासँगको सहकार्यमा बनेको यो फोनमा अत्याधुनिक क्यामेरा र उच्चस्तरीय फ्ल्यागशिप प्रदर्शन रहेको छ। घटाइएको नयाँ मूल्यले नेपाली प्रविधिप्रेमीहरूलाई अझ सजिलो हुने भएको छ।

शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर मनु मानस्वीले भने, ‘शाओमी १४ टी नवीनता र उत्कृष्ट प्रविधिको प्रतीक हो। लाइका क्यामेरा र आधुनिक एआई सुविधाले यो फोनलाई नेपाली बजारमा लोकप्रिय बनाइसकेको छ। अहिलेको मूल्य कटौतीले उत्कृष्ट प्रविधिलाई अझ पहुँचयोग्य बनाउने हाम्रो प्रतिबद्धता रहेको छ।’

मुख्य विशेषताहरूः

लाइका ट्रिपल क्यामेरा – ५०ःएमपी मुख्य, १२ःएमपी अल्ट्रा–वाइड र ५०ःएमपी टेलिफोटो लेन्सबाट प्रोफेशनल फोटो र ४ के भिडियो खिच्न सकिने क्षमता, मिडियाटेक डाइमेन्सिटी ८३०० अल्ट्रा प्रोसेसर – शक्तिशाली ४ नानोमिटर चिप र एलपीडीडीआर ५ एक्स र्यामले छिटो र सहज प्रयोग अनुभव दिलाउनेछ।

१४४ हर्ज एमोलेड डिस्प्लेः ६.६७ इन्चको स्क्रिन, १.५ के रिजोल्युसन र एचडिआर १०+ सपोर्ट। स्मार्ट फोटो मोड, दृश्य पहिचान र ब्याट्री बचतका लागि आधुनिक एआई उपकरणसमेत भएको। छोटो समयमा चार्ज र लामो ब्याकअपसहित ६७ वाट हाइपरचार्ज र ५००० मेघाहर्जको ब्याट्री, पानी र धूलो प्रतिरोधी तथा आईपी ६८ प्रमाणित सुरक्षा भएको।

नयाँ मूल्य (१२ जिबी + ५१२ जिबी)ः

अघिल्लो मूल्यः रु. ६४,९९९/- घटाएपछिको नयाँ मूल्यः रु. ५९,९९९/-

शाओमी १४ टी स्मार्टफोन नेपालभरका शाओमी स्टोर र आधिकारिक खुद्रा पसलहरूबाट खरिद गर्न सकिन्छ।

उच्चस्तरीय क्यामेरा, शक्तिशाली प्रदर्शन र किफायती मूल्यका कारण शाओमी १४ टी स्मार्टफोन उत्कृष्ट बन्न पुगेको छ।

यो टाइटन ब्ल्याक, ग्रे र ब्लू तीन आकर्षक रङमा उपलब्ध छ।

विस्तृत जानकारीका लागि नजिकका शाओमी स्टोरहरुमा सम्पर्क गर्नु सक्नुहुनेछ।




भारत जाने विमानमा फेरि सर्प

Jun 30, 2025 12:48 PM

मुम्बईका भारतीय भन्सार अधिकारीहरूले थाइल्यान्डबाट आएका एक विमान यात्रुलाई जीवित सर्पहरूसहित साथ रोकेको बताएका छन् । यो महिनाको तेस्रो यस्तो जफत हो ।