Sun, Jul 13, 2025
विकास हाइड्रोपावर लिमिटेडको आइपिओमा पहिलो दिनमै मागभन्दा बढी आवेदन परेको छ । बुधबार साँझ सम्ममा ५९ लाख ५९ हजार ६७० कित्ताका लागि आवेदन परेको सीडीएस एन्ड क्लियरिङ लिमिटेडले जनाएको छ ।
कम्पनीले बुधबारदेखि २९ लाख ४२ हजार ७६० कित्ता शेयर सर्वसाधारणका लागि निष्कासन गरेको थियाे ।
। पहिलो दिनमै ४ लाख ८४ हजार ११९ जना सर्वसाधारणले आवेदन दिएका हुन् । सर्वसाधारणलाई जारी भएको आइपीओको बिक्री असार २२ गते बन्द हुनेछ ।
सर्वसाधारणलाई जारी भएको आइपीओको बिक्री असार २२ गते बन्द हुनेछ ।
नेपाली बजारमा सुन र चाँदीको मूल्य आठ दिनपछि आएकाे छ । बिहीबार सरकारसँग ६ बुँदे सहमति भएपछि आज शुक्रबार सुनको मूल्य आएकाे हो । सुन चाँदी व्यवसायीहरुले गरेको आन्दोलन कारण गत असार १९ गते बिहीबारदेखि सुनको मूल्य आएको थिएन ।