दुम्कीबास स्थित विनयी खोलामा बनेको पक्की पुल सञ्चालनमा, ट्राफिक जाम कम हुने अपेक्षा

Jul 03, 2025 12:04 PM merolagani



पूर्व पश्चिम राजमार्गअन्तरगत नारायणगढ देखि बुटवल सडकखण्ड मध्ये दुम्कीबासस्थित विनयी खोलामा पक्की पुल निर्माण भइ सञ्चालनमा आएको छ । 

लामो सयमदेखि विनयी खोलामा पुल नहुँदा बुटवलतर्फ आवतजावत गर्न आम सर्वसाधारणलाई सास्ती थियो ।

दुम्कीबासस्थित विनयी खोलामा पक्की पुल निर्माण भइ सञ्चालनमा आएको सडक विभागले जनाएको छ । बिहीबार देखि पुल सञ्चालनमा ल्याइएको हो ।

यसअघि सवारीको ओभर लोड र चापका कारण अघिल्लो बर्खामा पुलमा क्षति पुगेको थियो । त्यतिबेला पुल आवागमन बन्द गरेर पुननिर्माण कार्य सकिएसँगै उक्त पुल सञ्चालनमा आएको हो ।

उक्त पुल सञ्चालनमा आएसँगै त्यसक्षेत्रमा ट्राफिक जाम कम हुने सर्वसाधारणको अपेक्षा छ ।




भारत जाने विमानमा फेरि सर्प

Jun 30, 2025 12:48 PM

मुम्बईका भारतीय भन्सार अधिकारीहरूले थाइल्यान्डबाट आएका एक विमान यात्रुलाई जीवित सर्पहरूसहित साथ रोकेको बताएका छन् । यो महिनाको तेस्रो यस्तो जफत हो ।