बैंक तथा वित्तीय संस्थाहरुलाई विदेशमा शाखा खोल्न दिनुपर्छः विनोद चौधरी

Jul 03, 2025 12:45 PM Merolagani



नेपाली काँग्रेसका सांसद विनोद चौधरीले बैंक तथा वित्तीय संस्थाहरुलाई विदेशमा शाखा खोल्न दिनुपर्ने बताएका छन् । बिहीवार सिंहदरबारमा बसेको अर्थ समितिको बैकठमा बाफिया विधेयकमा आज भएको दफाबार छलफलमा अहिले बाफियाले त्यसलाई नसमेटेको बताएका हुन ।

त्यसलाई पुनःलेखन गरेर सोसम्बन्धि व्यवस्था राखिनुपर्ने बताए । उनकाअनुसार नेपाली धेरै भन्दा धेरै रहेका ती ठाउँमा बैंकका शाखा खोल्न दिनुपर्छ ।

उनले भन–‘बाफिया ड्राफ्ट दुई वर्षदेखि बनाएर राखिएको छ । अहिले धेरै परिवर्तन भइसकेको छ । बाफिया फिर्ता पठाउनुपर्छ । नयाँ दृष्टिकोणबाट यो विधेयकलाई पुनःड्राफ्ट गर्नुपर्छ । नेपालका बैंकलाई बाहिर समेत जान दिनुपर्छ । अस्टेलिया, मलेसियामा बैंकका शाखा खोल्न दिनुपर्छ । नेपालीको पुँजी नेपाली बैंकले किन संकलन गर्न नपाउनु ?।’

उनकाअनुसार अहिले वर्तमान अर्थतन्त्रको स्थिति सुस्त छ । बैंकहरुसँग भएको रकम लगानी हुन सकिरहेको छैन । बैंकर्स, उद्योगीको मनोबल बढ्न नसकेको बताउँदै उनले बैंकमा लगानी हुँदैमा उद्योगी, लगानीकर्ताले पैसा लिन्छन् भन्ने भ्रम हटाउनुपर्ने बताए ।




भारत जाने विमानमा फेरि सर्प

Jun 30, 2025 12:48 PM

मुम्बईका भारतीय भन्सार अधिकारीहरूले थाइल्यान्डबाट आएका एक विमान यात्रुलाई जीवित सर्पहरूसहित साथ रोकेको बताएका छन् । यो महिनाको तेस्रो यस्तो जफत हो ।