सुनको मूल्यमा निरन्तर वृद्धि

Jul 03, 2025 01:21 PM Merolagani



असार १९ गते, बिहीबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । यस दिन सुन प्रतितोला ४०० रुपैयाँले बढेको हाे ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ९२ हजार १०० रूपैयाँमा कारोबार भइरहेको छ । बुधबारको बजारमा छापावाल सुन प्रतितोला एक लाख ९१ हजार ७०० रूपैयाँमा कारोबार भएको थियो। पछिल्ला दिन सुनको मूल्य निरन्तर बढेको छ ।

त्यसैगरी, आजको बजारमा चाँदीको मूल्य पनि तोलामा २५ रुपैयाँले बढेको छ । बुधबार प्रतितोला दुई हजार १७० रूपैयाँमा किनबेच भइरहेको छ। बुधबारको बजारमा चाँदी प्रतितोला दुई हजार १४५ रूपैयाँमा कारोबार भएको थियो ।

 




भारत जाने विमानमा फेरि सर्प

Jun 30, 2025 12:48 PM

मुम्बईका भारतीय भन्सार अधिकारीहरूले थाइल्यान्डबाट आएका एक विमान यात्रुलाई जीवित सर्पहरूसहित साथ रोकेको बताएका छन् । यो महिनाको तेस्रो यस्तो जफत हो ।