२८ हजार ५ सय मेगावाट विद्युत उत्पादनको नारा लिएर पावर समिट गर्दै इप्पान

Jul 03, 2025 01:54 PM Merolagani



स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान) ले मिसन २८ हजार ५ सय मेगावाट विद्युत उत्पादनको नारासहित पावर समिट २०२५ आयोजना गर्ने भएको छ । काठमाडौंमा बिहीबार पत्रकार सम्मेलन गर्दै इप्पानले सन् २०३५ भित्र २८ हजार ५ सय मेगावाट विद्युत उत्पादनमा जोड दिन पावर समिट गर्न लागेको हो ।

पत्रकार सम्मेलनमा इप्पानका अध्यक्ष गणेश कार्कीले सरकारले लिएको २८ हजार ५ सय मेगावाट विद्युत उत्पादनका लागि लगानी जुटाउने उद्देश्यले पावर समिट गर्न लागिएको बताए ।

उनका अनुसार, २८५०० मेगावाटको लक्ष्य पूरा गर्न ६२ खर्ब आवश्यक छ । त्यसमध्ये पनि ५० खर्ब रकम विदेशी लगानी आवश्यक पर्ने भएको बताए । उनका अनुसार, हाल ३ हजार मेगावाटका आयोजना फाइनान्सियल क्लोजर भएको बताए ।

उनले निजी क्षेत्रलाई विद्युत व्यापार अनुमति दिएमा लक्ष्य पूरा गर्न सहयोग पुग्ने बताए ।

पावर समिट आगामी असोज १ र २ मा हुने इप्पानले जनाएको छ । पावर समिटमा ३० देशभन्दा बढी देशका लगानीकर्ताको सहभागीता रहनेछ ।




सुनकाे मूल्यमा भारि गिरावट र चाँदीको मूल्य पनि घट्याे

Feb 13, 2026 11:11 AM

फागुन १ गते, शुक्रबार, नेपाली बजारमा सुन र चाँदीको मूल्यमा गिरावट आएको छ । यस दिन सुन प्रतितोला ३ हजार रुपैयाँले घटेको छ भने चाँदी तोलामा ३४० रुपैयाँले घटेको हो ।