कुलिङ पिरियड विवाद: संसदीय छानबिन समिति गठन गर्ने तयारी

Jul 03, 2025 06:14 PM mero lagani



‘संघीय निजामती सेवा विधेयक २०८०’मा व्यवस्था गरिएको कुलिङ पिरियड सम्बन्धीको व्यवस्था तोडमोड गरिएको विवादले चर्काेरुप लिएपछि संसदीय छानबिन समिति गठन हुने भएको छ । 

सभामुख देवराज घिमिरेले प्रमुख दलहरुसँग छलफल गरेपछि छानबिन समिति गठन गर्ने तयारी भएको हो ।

सभामुख घिमिरेले प्रतिनिधि सभा नियमावली, २०७९ को नियम १८० बमोजिमको समिति गठन गर्न गरेको प्रस्तावलाई राजनीतिक पार्टीहरुले समर्थन गरेका छन् । प्रमुख पार्टीका नेताहरु सहभागी हुने निश्चित भए पनि समितिको संयोजक कस्लाई बनाउने र त्यसलाई कति समय दिने भन्ने बारेमा सुक्रबारसम्म टुंगो लागि सक्ने बताइएको छ ।

असार २३ गते बस्ने प्रतिनिधि सभाको बैठक अघि नै कार्यव्यवस्था परामर्श समितिको परामर्शमा संसदीय छानबिन गठन गर्ने तयारी भएको छ ।




भारत जाने विमानमा फेरि सर्प

Jun 30, 2025 12:48 PM

मुम्बईका भारतीय भन्सार अधिकारीहरूले थाइल्यान्डबाट आएका एक विमान यात्रुलाई जीवित सर्पहरूसहित साथ रोकेको बताएका छन् । यो महिनाको तेस्रो यस्तो जफत हो ।