सातामा ४ प्रतिशतभन्दा बढी बढ्यो नेप्से, कुन उपसमूहको परिसूचक कति बढ्यो?

Jul 05, 2025 06:39 AM Merolagani



यस साता नेप्से परिसूचक ४ प्रतिशतभन्दा बढी बढेर बन्द भएको छ। गत साता २५९५.७४ विन्दुमा बन्द भएको नेप्से, यस साता ४.१७ प्रतिशत अर्थात १०८.२२ अंक बढेर २७०३.९६ विन्दुमा पुगेको छ।

यस साता ५ कारोबार दिनका लागि बजार खुलेको थियो। जसमध्ये पाँचै कारोबार दिन नेप्से बढेर बन्द भएको थियो।

यस साता सेन्सेटिभ इण्डेक्स २०.५६ अंक बढेको छ भने फ्लोट इण्डेक्स ८.७९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ७.७८ अंक बढेको छ।

नेप्सेसँगै यस साता कारोबार रकम पनि बढेको छ। गत साता दैनिक औषतमा ७ अर्ब २ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस साता दैनिक औषतमा ७ अर्ब ९९ करोडको शेयर किनबेच भएको छ। गत साताको तुलनामा यस साताको दैनिक औषत कारोबार रकम १३.७४ प्रतिशत बढेको हो। यस साता दैनिक औषत शेयर संख्या १७.८० प्रतिशत बढेको छ भने दैनिक औषत कारोबार संख्या १०.४४ प्रतिशत बढेको छ।

यस साता नेप्सेको कुल बजार पूँजीकरण पनि ४ प्रतिशतभन्दा बढी बढेको छ। गत साताको अन्तिम कारोबार दिन ४३ खर्ब २४ अर्ब रुपैयाँ रहेको नेप्सेको कुल बजार पूँजीकरण, यस साता १ खर्ब ८० अर्ब रुपैयाँ बढेर ४५ खर्ब ५ अर्ब रुपैयाँ पुगेको छ।

यस साता १३ वटै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक ८.५० प्रतिशत बढेको छ। अंकका आधारमा सर्वाधिक बढ्ने उपसमूह पनि यही हो। गत साता १२ हजार ४६१.५५ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक, यस साता १ हजार ५८.६५ अंक बढेर १३ हजार ५२०.२० विन्दुमा पुगेको छ।

कारोबारमा आएको व्यापार उपसमूहको परिसूचक भने यस साता सबैभन्दा कम ०.८३ प्रतिशत बढेको छ। गत साता ४१३१.९२ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक, यस साता ०.८३ प्रतिशत बढेर ४१६६.१३ विन्दुमा पुगेको छ। अंकका आधारमा भने यस साता म्युचुअल फण्ड उपसमूहको परिसूचक सबैभन्दा कम ०.४४ अंक बढेको छ।

यस साता नेप्सेमा युनाइटेड इदी मार्दी आरबि हाइड्रोपावरको १ लाख ७७ हजार २४० कित्ता बोनस शेयर सूचीकृत भएको छ।

यस साता राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सनको शेयरमूल्य सर्वाधिक २६.२३ प्रतिशत बढेको छ। गत साता ३२३ रुपैयाँ ५ पैसा रहेको यस कम्पनीको अन्तिम शेयरमूल्य, यस साता ४०७ रुपैयाँ ७७ पैसा रहेको छ। त्यस्तै, यस साता सिन्धु विकास बैंक र ग्रीन डेभलपमेन्ट बैंकको शेयरमूल्य साढे २३ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको मिड सोलु हाइड्रोपावरको शेयरमूल्य यस साता सर्वाधिक ५.६९ प्रतिशत घटेको छ।

फ्लोरसिट विश्लेषण गर्दा यस साता ग्रीन डेभलपमेन्ट बैंक, लक्ष्मी लघुवित्त वित्तीय संस्था, आरबीबी म्युचुअल फण्ड १ लगायतका स्टकहरु मोस्ट पपुलर बाइ स्टक सूचीको शीर्ष स्थानमा रहेका छन् भने मिड सोलु हाइड्रोपावर, गुराँस लघुवित्त वित्तीय संस्था, भिजन लुम्बिनी उर्जा कम्पनी लगायतका स्टकहरु मोस्ट पपुलर सेल स्टक सूचीको शीर्ष स्थानमा रहेका छन्।




सोलु हाइड्रोपावरको आईपीओ बाँडफाँट

Jan 26, 2026 04:34 PM

सोलु हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओ बाँडफाँट भएको छ । कम्पनीकाे शेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको कार्यालयमा आईपीओ बाँडफाँट भएको हो।