नेप्से करिब स्थिर, कारोबार रकम भने घट्यो

Jul 08, 2025 03:21 PM Merolagani



मंगलबार नेप्से परिसूचक करिब स्थिर रहेको छ। अघिल्लो कारोबार दिन अर्थात सोमबार करेक्सन भएर बन्द भएको नेप्से यस दिन भने करिब स्थिर रहेको हो।

यस दिन नेप्से परिसूचक ०.१४ अंक घटेर २६८३.८६ विन्दुमा झरेको छ। त्यस्तै, यस दिन फ्लोट इण्डेक्स ०.०१ अंक घटेकाे छ भने सेन्सेटिभ इण्डेक्स ०.०४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.०५  अंक बढेको छ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। सोमबार ८ अर्ब ३७ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३०४ स्टकको ५६ हजार २७६ पटकको कारोबारमा ६ अर्ब ५७ करोड ४१ लाख ६६ हजार रुपैयाँबराबरको १ करोड ५० लाख २७ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

बुटवल पावर कम्पनीको शेयरमूल्य यस दिन सर्वाधिक ८.२१ प्रतिशत बढेको छ। त्यस्ते, यस दिन पिपुल्स हाइड्रोपावर कम्पनीको शेयरमूल्य करिब ६ प्रतिशत बढेको छ भने रिभर फल्स पावरको शेयरमूल्य साढे ४ प्रतिशतभन्दा बढी बढेको छ कारोबारमा आएको रसुवागढी हाइड्रोपावरको शेयरमूल्य यस दिन सर्वाधिक ५.०८ प्रतिशत घटेको छ। मूल्य घटेका अन्य स्टकहरुको गिरावटदर भने ४ प्रतिशतभन्दा कम रहेको छ।

कारोबार रकमका आधारमा यस दिन नेपाल रि इन्स्योरेन्स कम्पनी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ५१ करोड ६७ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यसैगरी, यस दिन बुटवल पावर कम्पनीको साढे ४१ करोडभन्दा बढीको शेयर किनबेच भएको छ भने गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको कारोबार रकम ४१ करोड नाघेको छ।

१३ उपसमूहमध्ये यस दिन ७ उपसमूहको परिसूचक बढेको छ भने ६ उपसमूहको परिसूचक घटेको छ। यस दिन वित्त उपसमूहको परिसूचक सर्वाधिक १.२५ प्रतिशत बढेको छ। अरु उपसमूहको परिसूचक भने यस दिन सामान्य बढेको छ। यस दिन बैंकिङ्ग, होटल तथा पर्यटन, जीवन बीमा, म्युचुअल फण्ड, निर्जीवन बीमा र अन्य उपसमूहको परिसूचक सामान्य घटेको छ।




शेयर बजार आईतवार बन्द हुने, यस्ता छन् मन्त्रिपरिषद् बैठकका अन्य निर्णय

Apr 05, 2026 02:46 PM

सरकारले हप्तामा दुई दिन बिदा दिने भएको छ । मन्त्रिपरिषद्को आईतवार बसेको बैठकले पेट्रोलियम आपूर्तिमा उत्पन्न असहजताका कारण चैत २३ गतेबाट लागू हुनेगरी सरकारी कार्यालय र शैक्षिक संस्थाहरूमा शनिवार र आईतवार बिदा दिने निर्णय गरेको हो । अब शेयर बजार आईतवार बन्द हुने भएकाे छ ।