बुधबारको बजार २२.०४ अंकले बढेर २७०५.९० विन्दुमा पुगेर बन्द भएको छ । यसदिन ७ अर्ब ४५ करोड बढीको शेयर खरिदबिक्री भएको हो । बजार असार मसान्तको संघारमा रहेको छ । यो अवस्थामा लगानीकर्ताहरु लगानी गर्नको लागि पूर्ण रुपमा विश्वस्त भइनसकेको हुन । मसान्तको सेटलमेन्टदेखि ब्याजदर तिर्न पर्ने दवावले बजारलाई प्रभावित पार्ने गरेको हो । यद्यपि बजारमा देखिएको लगानीकर्ताको विश्वासले ठूलो प्रभाव नपार्ने संकेत देखिएको हो ।
समग्र अवस्था सहजता बन्दै गर्दा र मौद्रिक नीतिले बजारका अप्ठ्याराहरु निराकरण गर्दै नीतिगत रुपमा सहजिकरण गर्नेमा लगानीकर्ताहरु आशावादी भएको पाइन्छ । यसले पनि यो समयमा लगानीकर्ताहरु बेग्रताका साथ नेपाल राष्ट्र बैंकले ल्याउँदै गरेको मौद्रिक नीतिको पखाईमा रहेको बुझिन्छ । बुधबारको बजारमा वाणिज्य बैंकमा लगानीकर्ताको आकषर्ण बढ्नुले पनि बजारमा बलियो आधार निर्माण गरेको छ । त्यसैले यो समयमा लगानीकर्ताहरुले बजारलाई 'क्लोज्ली वाच' गर्नुपर्ने जानकारहरुको सुझाव छ ।