गत साता १ प्रतिशत बढेको नेप्से, यस साता के होला?

Jul 13, 2025 06:22 AM Merolagani



गत साता नेप्से परिसूचक १ प्रतिशत बढेर बन्द भएको थियो। अघिल्लो साता २७०३.९६ विन्दुमा बन्द भएको नेप्से, गत साता १.०३ प्रतिशत अर्थात २७.८४ अंक बढेर २७३१.८० विन्दुमा पुगेको छ।

सो साता ५ कारोबार दिनका लागि बजार खुलेको थियो। जसमध्ये तीन कारोबार दिन नेप्से बढेर बन्द भएको थियो दुई कारोबार दिन घटेको थियो।

 

प्रतिरोध क्षेत्र नजिक

गत साता नेप्से परिसूचक बढेर प्रतिरोध क्षेत्र नजिक बन्द भएको छ। हाल नेप्सेको प्रतिरोध क्षेत्र २७५० देखि २८०० सम्म रहेको छ। आगामी दिनमा नेप्से ओरालो लागेमा २५८० देखि २६३० को क्षेत्रमा टेवा पाउने देखिन्छ।

खरिदकर्ता हाबी

साप्ताहिक रुपमा नेप्सेले गत साता बुलिश पिन बार बनाएको छ। त्यसैगरी, गत साताको अन्तिम दुई कारोबार दिन पनि नेप्सेले हरियो मैनबत्ती बनाएको थियो। यसले सो साता र सो दिनहरुमा बजारमा खरिदकर्ता हाबी रहेको संकेत गर्दछ।

कमजोर भोल्यूम

गत साता नेप्सेको भोल्यूम भने कमजोर रहेको छ। गत साता नेप्सेमा दैनिक औषतमा ८ अर्ब ३२ करोडको शेयर कारोबार भएको थियो। साताको अन्तिम कारोबार दिन नेप्सेको २० दिने औषत भोल्यूम ८ अर्ब ४६ करोड रहेको छ। २० दिने औषत भोल्यूमको तुलनामा गत साताको दैनिक औषत भोल्यूम १.६५ प्रतिशत कम हो।

बुलिश प्रवृत्ति

गत साता नेप्से परिसूचक बुलिश प्रवृत्तिमा रहेको छ। गत साता नेप्सेको एमएसिडी रेखा, सिग्नल रेखाभन्दा माथि रहेको छ। र यी दुई बीचको दूरी फराकिलो हुनुका साथै यी दुबै रेखाहरु सकारात्मक क्षेत्रमा पुगेका छन्। त्यस्तै, नेप्सेको हिस्टोग्राम सकारात्मक क्षेत्रमा बढ्दो क्रममा रहेको छ।

खरिदचाप बढी

गत साता नेप्सेको स्टकास्टिक आरएसआई ओभरबट जोनमा पुगेको छ। यसले गत साता बजारमा बिक्रीचापको तुलनामा खरिदचाप बढी रहेको संकेत गर्दछ।

(यस समाचारको प्राविधिक विश्लेषणमा प्रयोग भएका चित्रहरु मेरोलगानी एआई चार्टबाट लिइएको हो।)

(उपलब्ध तथ्यांकका आधारमा तयार पारिएको यो विश्लेषण आफैमा पूर्ण होइन। लगानीकर्ताले लगानीको निर्णय गर्नु अघि आफैले थप अध्ययन तथा विश्लेषण गर्नु आवश्यक छ।)




सोलु हाइड्रोपावरको आईपीओ बाँडफाँट

Jan 26, 2026 04:34 PM

सोलु हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओ बाँडफाँट भएको छ । कम्पनीकाे शेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको कार्यालयमा आईपीओ बाँडफाँट भएको हो।