शेयर बजारमा Gen Z पुस्ताको आकर्षण बढ्नुका मुख्य पाँच कारणः आत्मनिर्भर बन्ने चाहना

Jul 14, 2025 11:36 AM mero lagani



नेपालमा मात्र होइन, विश्वभरि नै शेयर बजार प्रतिको आकर्षण दिन प्रतिदिन बढिरहेको छ ।

पछिल्लाे समय यो क्षेत्रमा सबैभन्दा धेरै प्रभावकारी रुपमा Gen Z पुस्ता (सामान्यतया सन् १९९७ देखि २०१२ को बीचमा जन्मेका) को सहभागिता र प्रवृत्ति निकै चाखलाग्दो छ । यो पुस्ता प्रविधिमैत्री, सूचनामा सहज पहुँच राख्ने र आर्थिक रूपमा आत्मनिर्भर बन्न चाहने विशेषताहरूले गर्दा शेयर बजारमा आकर्षित भइरहेको छ।

नेपालको शेयर बजारमा जेन जेड पुस्ताको लगानीको बारेमा अध्ययन भएको छैन । तर, जानकारहरु करिब ४६ लाख डिम्याट खातामध्ये करिब १०–१५% Gen Z खाताधारी अर्थात् लगभग ६–७ लाख Gen Z लगानीकर्ता हुन सक्ने अनुमान गर्छन् ।

विश्वव्यापी रुपमा यो पुस्ताका ७७ प्रतिशत युवाहरु शेयर बजारप्रति कुनै न कुनै रुपमा आकर्षित रहेको विभिन्न अध्ययनहरुले देखाएका छन् । हरेक दिन नयाँ कुरा सिक्ने, विश्लेषण गर्ने प्रवृत्तिका कारण जेन जेड पुस्ताले विश्वकै शेयर बजारलाई दिनहुँ अर्कै उचाईमा पुर्याइरहेको छ । ‘खतरा मोल्न सक्ने’ क्षमताका कारण कतिपय अवस्थामा उच्च जोखिम भएका शेयरहरूमा पनि लगानी गर्न यो पुस्ता हिचकिचाउँदैन । यसले छिटो नाफा दिन सक्ने सम्भावना भए पनि ठूलो घाटा बेहोर्ने जोखिम पनि बढाउँछ ।

जेन जेड यस्तो पुस्ता हो, जुन पुस्ताका मानिसहरु छिटो धनी बन्ने सपना देख्छन् र त्यसको लागि जोखिम मोल्न तयार हुन्छन् । उनीहरू प्रारम्भिक उमेरमै (विश्वविद्यालय–युवा अवस्थामै) लगानी गर्न सुरु गर्छन्, डिजिटल उपकरण र सामाजिक मिडियाबाट सिक्छन् र पोर्टफोलियो व्यवस्थापन कला सिक्छन्, सिकिरहेका छन् । त्यसको लागि उनीहरुसँग प्रविधि छ, जुन पुरानो पुस्तासँग छैन । जेन जेड पुस्ताले स्मार्टफोन र इन्टरनेटको व्यापक प्रयोग गर्छ। उनीहरूका लागि अनलाइन प्लेटफर्महरू र सामाजिक सञ्जाल मार्फत शेयर बजार सम्बन्धी जानकारी प्राप्त गर्न र कारोबार गर्न सजिलो भएको छ । फेसबुक ग्रुप, टिकटक भिडियो र युट्युब च्यानलहरूमा कुन शेयर किन्ने ? जस्ता छलफलहरू सक्रिय हुन्छन् । यसले यो पुस्तालाई लगानीको लागि निकै सहज भएको छ, जुन सहजता पुरानो पुस्तालाई थिएन ।

तर, यो पुस्तामा कतिपय अवस्थामा फ्लक बिहेभियर अर्थात हल्लाको पछिलाग्ने प्रवृत्ति पनि देखिने गरेको छ, जहाँ एक जनाले नाफा कमाएको देख्दा अरू पनि त्यही शेयरमा लगानी गर्न आकर्षित हुन्छन् ।

शेयर बजारमा Gen Z पुस्ताको आकर्षण बढ्नुको कारण मुख्य पाँच कारण रहेको विश्लेषकहरुको ठहर छ । ती हुन्ः

पूँजी अनुसारको लगानी

कतिपय उद्यम व्यवसाय शुरु गर्न निश्चित रकम लगानी गर्नैपर्छ । उत्पादनदेखि बजारीकरणसम्मका हरेक चरणका तौरतरिका मिहिनरुपमा बुझ्नु पर्छ । तर, शेयर बजार यस्तो क्षेत्र हो, जहाँ यति नै लगानी गर्नुपर्छ भन्ने छैन । विद्यार्थी, नयाँ जागिरे वा स्वरोजगारमा रहेका युवाहरूले आफूसँग भएको सानो पूँजीबाट पनि शेयर बजारमा प्रवेश गर्न सक्छन् । त्यसैले यो उनीहरुको लागि आकर्षणको क्षेत्र बनेको छ ।

आर्थिक स्वतन्त्रता र आम्दानीको स्रोत

Gen Z पुस्ता आत्मनिर्भर बन्न र आर्थिक रूपमा स्वतन्त्र हुन चाहन्छ। शेयर बजारलाई उनीहरूले आफ्नो आम्दानीको स्रोत बढाउने र भविष्यको लागि बचत गर्ने माध्यमको रूपमा देखेका छन्, जुन सही पनि हो। छोटो समयमा आम्दानीका स्रोत फेला पार्नको लागि शेयर बजार एउटा भरपर्दाे विकल्प हो ।

सजिलो पहुँच

अनलाइन माध्यमले शेयर बजारमा प्रवेशलाई सहज बनाएको छ।

सूचनाको उपलब्धता

इन्टरनेटमा शेयर बजार सम्बन्धी जानकारी र विश्लेषण सजिलै पाउन सकिन्छ।

सामाजिक प्रभाव

साथीभाइ र सामाजिक सञ्जालमा देखिएको शेयर बजारको ग्ल्यामरले पनि उनीहरूलाई आकर्षित गरेको छ।




दीपेन्द्र अग्रवाल पक्राउ पर्नुको कारण यस्तो रहेछ, ब्रोकर र अग्रवाल बीच उधारो सेटलमेन्टको पुरानै लफडा

Jul 21, 2025 05:08 PM

सोमबार शेयर कारोबारी दीपेन्द्र अग्रवाललाई प्रहरीले पक्राउ गर्‍यो। पक्राउ गर्नुको कारण प्रहरीले ठगी गरेको आरोप भनेर प्रतिक्रिया दियो। सोही कारण उनी अहिले प्रहरी हिरासतमा छन्। के कति कारणले प्रहरीले पक्राउ गरेको हो भने अहिलेसम्म प्रहरीले थप केही बताएको छैन। उसले अनुसन्धान भइरहेको भनेर मात्रै भनेको छ।