बिवाइडीले चीनमा उत्पादन गर्यो १ करोड ३० लाख इभी गाडी

Jul 22, 2025 12:15 PM merolagani



चिनियाँ सवारी निर्माता कम्पनी बिवाइडीले त्यहाँ १ करोड ३० लाख विद्युतीय सवारी साधन उत्पादन गरेको छ।

चीनको सेन्झेन–शानवेई स्पेसल कोअपरेसन जोनमा रहेको जियाओमो प्रोडक्सन बेसमा बीवाईडीले १ करोड ३० लाखौँ गाडी सार्वजनिक गरेर उत्सवका रूपमा मनाइएको हो।

यो नम्बरमा उत्पादन हुने गाडीमा याङवाङ यु ७ मोडल छ। सन् २०२५ को पहिलो अर्धवार्षिक अवधिमा बिवाइडीको बिक्री ३१.५ प्रतिशत भएको छ। यो अवधिमा बीवाईडीले २१ लाख १३ हजार थान गाडी उत्पादन गरेको हो।

त्यसैगरी, यही अवधिमा अन्तर्राष्ट्रिय बिक्री १२८.५ प्रतिशत वृद्धि भई ४ लाख ७२ हजार युनिट पुगेको छ।

बिजुली गाडी उत्पादन गर्ने कम्पनीमध्ये आफूहरू पहिलो स्थानमा रहेको कम्पनीको दाबी छ। बीवाईडीको १ करोड ३० लाखौँ नम्बरमा परेको याङवाङ १० हजार युनिट बिक्री पार गर्ने चीनको पहिलो अल्ट्रा–लक्जरी अटोमोटिभ ब्रान्ड बनेको दाबी गरिएको छ।




कुमारी बैंकको वित्तीय विवरणमा देखियो नाफा वृद्धिदर ४५ हजार ८२९ प्रतिशत, कारण यस्तो

Aug 07, 2025 07:31 AM

कुमारी बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ४५ हजार ८२९ प्रतिशत बढेको देखिएको छ।