नाइमा मोबिलिटी एक्स्पो स्थल भृकुटीमण्डप जाने सोच्नुभएको छ, पठाओले दिनेछ ३० प्रतिशत छुट

Jul 29, 2025 11:55 AM merolagani



आगामी साउन २१ गतेदेखि २५ गतेसम्म काठमाडौंको भृकुटीमण्डस्थलमा आयोजना हुने नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ का अवसरमा प्रदर्शनीमा आउने पाहुनाले पठाओ बुक गर्दा ३० प्रतिशतसम्म छुट पाउने भएका छन् ।

नाइमा नेपालले पत्रकार सम्मेलन गर्दै प्रदर्शनीमा आएका आगन्तुकहरुलाई प्रायोजक कम्पनीहरुले पनि विशेष प्रावधानको व्यवस्था गरेको जानकारी गराइएको थियो ।

यसरी हेर्दा, नाइमा मोबिलिटी एक्स्पो हुने स्थल भुकुटीमण्डप गन्तव्य भएका राइडहरुमा ३० प्रतिशत सम्मको छुट दिने आयोजकले जनाएको छ । यदि, तपाइहरु उक्त एक्पोमा जाँदै हुनुहुन्छ भने पठाओमार्फत यात्रा बुक गरी छुट प्राप्त गर्न सकिने जनाइएको छ ।

 




कुमारी बैंकको वित्तीय विवरणमा देखियो नाफा वृद्धिदर ४५ हजार ८२९ प्रतिशत, कारण यस्तो

Aug 07, 2025 07:31 AM

कुमारी बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ४५ हजार ८२९ प्रतिशत बढेको देखिएको छ।