बिहीवारबाट सुरु हुने नाइमा मोबिलिटी एक्स्पो-२०२५ मा देख्न पाइनेछन् यी गाडीहरु

Aug 03, 2025 12:35 PM merolagani



आउँदो बिहीबारदेखि काठमाडौंको भृकुटीमण्डस्थित प्रदर्शनीमार्गमा आयोजना हुन लागेको नाइमा नेपाल मोबिलिटी एक्स्पोकाे यतिबेला भव्य तयारी भइरहेको छ । 

नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चर्स एशोसिएसन(नाइमा) नेपालको आयोजनामा पहिलो पटक हुन लागेको यो मोबिलिटी एक्स्पोमा विभिन्न नयाँ ब्रान्डका दुई पाङ्ग्रे तथा चार पाङ्ग्रे सवारीहरु बिक्रीका लागि राखिनेछ ।

३५ भन्दा बढी नयाँ ब्रान्डका सवारीहरु एउटै थलोबाट अवलोकन गर्ने गरी आयोजकले व्यवस्था मिलाएको छ । आउँदो साउन २१ देखि २५ गतेसम्म चल्ने एक्स्पोमा धेरैजसो विद्युतीय गाडीहरु र अन्य सवारीहरु लन्च हुनेछन् । ३५ वटा नयाँ सवारीसाधनको लन्च हुने आयोजकको दाबी छ ।

नाइमाका अनुसार, प्रदर्शनीमा ५० भन्दा बढी स्टलहरु सवारी साधन र अटोमोबिलिटीका रहनेछन् । पाँच दिन सम्म चल्ने अटो एक्स्पोमा चारपांग्रे सवारीहरुमा खासगरी बीवाइडी ब्रान्ड इभी गाडीहरुको उपस्थिति रहनेछ । त्यस्तै, सिट्रोनका नयाँ गाडीहरुको लन्च हुनेछ ।

त्यस्तैगरी, फोरर्थिङ, ग्रेटवाल मोटर्स, हेनरी भोल्टास र हुन्डाई ब्रान्डका गाडीहरुको लन्च हुनेछ । त्यस्तै, चीनिँया कम्पनीद्धारा बनाएको लीपमोटर गाडीको पहिलो अन्तराष्ट्रिय बजार नेपाल हुनेछ । किनकी त्यस ब्रान्डका नयाँ गाडीहरु एक्स्पोमा लन्च हुनेछ ।

 

त्यस्तै, चर्चित ब्रान्ड महिन्द्रा, म्याक्सस, केई, माज्दा, एमजी, एलईभी १, मित्सुविशी र निसानजस्ता चर्चित ब्रान्डका नयाँ सवारीहरु देख्न पाइनेछ ।

त्यस्तै, ओमोडारजेको, प्युजो, प्रोटोन, रेनो, टोयोटा, फस्कवागेन र जीकर ब्रान्डका गाडीहरुको बिक्री खुल्ला हुने आयोजकले जनाएको छ । त्यस्तै सुजुकी, महिन्द्रा, होण्डाजस्ता चर्चित ब्रान्डका दुई पाङ्ग्रे सवारीहरुको लन्च गर्ने तथा बिक्री समेत खुला हुने आयोजकले जनाएको छ ।

यस्तै, दुईपांग्रेतर्फ एम्पियर, एथर, बजाज, बेनिली, सीएफ मोटो, गोगोरो, होन्डा, केटीएम, महिन्द्रा, एनआइयू, रेभोल्ट, रोयल इन्फिल्ड, सेगवे–नाइनबोट, सुजुकी, ट्रइम्फ, टीभीएस, अल्ट्राभ्वाइलेट, याज्दी र जीहोले उपस्थिति जनाउनेछन् । कमर्शियलतर्फ चेरी वान्डा, डोङफेङ, फारिजोन, हाउजी, कामा, कारी, किङलोङ र सनलङलाई पनि प्रदर्शनीमा देख्न पाइनेछ । नाइमा अटो शोमा पुराना तथा सोही प्रदर्शनीमा लन्च हुने नयाँ गाडी हेर्न पाइनेछ ।

 




वाणिज्य बैंकको लाभांश क्षमता ५ देखि ३८ प्रतिशतसम्म, दुई बैंकले लाभांश दिन नसक्ने

Aug 12, 2025 01:34 PM

वाणिज्य बैंकहरूमध्ये दश वटा बैंकले आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेका छन्। अहिलेसम्म प्रकाशित वित्तीय विवरणका आधारमा हेर्दा बैंकहरूको नाफामा सुधारसँगै अधिकांश वित्तीय सूचक पनि राम्रो देखिएको छ। बैंकहरूको लाभांश वितरण क्षमता ५ देखि ३८ प्रतिशतसम्म देखिएको छ।