विद्युत् प्राधिकरणले मनाउँदैछ आफ्नो ४० औं वार्षिकोत्सव

Aug 04, 2025 01:30 PM merolagani



नेपाल विद्युत् प्राधिकरण आफ्नौ ४० औं बार्षिकोत्सव मनाउने तयारीमा जुटेको छ । हरेक वर्ष साउन ३० र भदौ १ का दिन प्राधिकरणले आफ्नो वार्षिकोत्सव मूल समारोहका साथ आयोजना गर्दैछ ।

प्राधिकरण यतिबेला बार्षिकोत्सवको तयारीमा छ । प्राधिकरणले ४० औं वार्षिकोत्सव सप्ताहव्यापी रुपमा मनाउने भएको छ ।

जसअन्तरगत प्राधिकरणले आगामी साउन २३ गते शुक्रबार रक्तदान कार्यक्रमको आयोजना गरिसकेको छ । रक्तदानसँगै, मनोरञ्जन तथा खेल प्रतियोगिता समेतको आयोजना हुने प्राधिकरणले जनाएको छ ।




कुमारी बैंकको वित्तीय विवरणमा देखियो नाफा वृद्धिदर ४५ हजार ८२९ प्रतिशत, कारण यस्तो

Aug 07, 2025 07:31 AM

कुमारी बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ४५ हजार ८२९ प्रतिशत बढेको देखिएको छ।