नामी–०६ एसयूभी ब्रान्डको गाडी नेपाल भित्रियो, आउँदो नाडा अटो शोमा प्रदर्शन हुने

Aug 04, 2025 03:34 PM merolagani



नेपालमा नामी ब्राण्डमा नयाँ मोडलको गाडी भित्रिएको छ । डोङफेङ ग्रुप अन्तर्गतको कम्पनीले यसअघि नामी–०१ नामबाट ह्याचव्याक कार बिक्री गर्दै आएकोमा अब नयाँ मोडल नामी–०६ एसयूभी ल्याएको हो ।

एमएडब्लू वृद्धिले नेपाल ल्याएको डोङफेङ नामी–०६ काठमाडौं आइपुगेसँगै नाडा अटो शो २०२५ मा प्रदर्शनी गर्ने तयारी भइरहेको कम्पनीले जनाएको छ । उक्त नयाँ मोडलका गाडीहरु आगामी नाडा अटो शोमा प्रदर्शनीमा राखिने कम्पनीले जनाएको छ ।

‘हाम्रो गाडी काठमाडौं आइपुगेको छ । नयाँ मोडल भएको कारण यसको परीक्षण लगायतका काम सक्नु पर्ने हुन्छ । त्यो सकेर आगामी नाडा अटो शो २०२५ मा प्रदर्शनी गर्ने तयारीमा छौं’, कम्पनीले जनाएको छ।

कम्पनी एमएडब्लूले नामी–०६ एसयूभी विभिन्न तीन भेरियन्टमा ल्याउने भनेर मूल्यसूची प्रकाशित गरेको थियो । कम्पनीले ई१, ई–२ र ई–२ प्लसगरी तीन भेरियन्ट ल्याउने जनाएको छ । ब्याट्री साइज भने दुई फरक पाउन सकिन्छ । ई–१ र ई–२ मा ४४.९४ किलोवाट आवरको ब्याट्री रहनेछ । टप भेरियन्ट ई–२ प्लसमा ५१.८७ किलोवाट आवरको ब्याट्री हुनेछ ।

नामी–०६ एसयूभीको लम्बाइ ४३०६ एमएम, चौडाइ १८६८ एमएम र उचाइ १६४५ एमएम छ । यसमा रहेको २७१५ एमएम लामो ह्वीलबेसले आरामदायी यात्राको लागि सहयोग गर्छ । यसको साइज देख्दा अधिकांश घरायसी पार्किङमा सहजै पार्क गर्न सकिन्छ ।




वाणिज्य बैंकको लाभांश क्षमता ५ देखि ३८ प्रतिशतसम्म, दुई बैंकले लाभांश दिन नसक्ने

Aug 12, 2025 01:34 PM

वाणिज्य बैंकहरूमध्ये दश वटा बैंकले आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेका छन्। अहिलेसम्म प्रकाशित वित्तीय विवरणका आधारमा हेर्दा बैंकहरूको नाफामा सुधारसँगै अधिकांश वित्तीय सूचक पनि राम्रो देखिएको छ। बैंकहरूको लाभांश वितरण क्षमता ५ देखि ३८ प्रतिशतसम्म देखिएको छ।