बजाजले भारत वाहेक अन्य देशमा पहिलो पटक यो स्कुटर उपलब्ध गराएको हो । कम्पनीले विश्वव्यापी बजारहरूको लागि स्वच्छ, दिगो गतिशीलताप्रति बजाज अटोको रणनीतिक प्रतिबद्धतालाई व्यक्त गरेको छ ।
विद्युतीय मोबिलिटीमा नयाँ बेन्चमार्क सेट गर्ने कम्पनीको विश्वास छ । शक्तिशाली ब्याट्री र लामो रेन्जः बजाज चेतक ३५०१ मा ३.५ किलोवाट आवरको उच्च क्षमताको ब्याट्री जडान गरिएको छ। यसले सिंगल चार्जमा १५३ किलोमिटरको प्रभावशाली रेन्ज प्रदान गर्छ। लामो दूरीको यात्रा गर्नेहरूका लागि पनि यो एउटा भरपर्दो विकल्प बन्ने भनाई छ ।
यसमा फास्ट चार्जिङ टेक्नोलोजी उपलब्ध छ । यसको माध्यमबाट, स्कुटरलाई ८० प्रतिशतसम्म मात्र ३ घण्टामै चार्ज गर्न सकिन्छ। यसले राइडरहरूलाई कम समयमा बढी रेन्ज प्राप्त गर्न मद्दत गर्छ र फास्ट चार्जिङ सुविधाले प्रयोगकर्तालाई थप सहजता प्रदान गर्ने भनाई छ ।
बजाज चेतक ३५०१ ले यो समस्या समाधान गरेको छ। यसमा रहेको अल–न्यु फ्लोरबोर्ड ब्याट्री डिजाइनका कारण, यो सेगमेन्टमै सबैभन्दा ठूलो ३५ लिटरको अन्डर सिट स्टोरेज उपलब्ध छ। यसले स्पेस र कम्फर्ट दुवै दृष्टिकोणले राइडरलाई सहजता प्रदान गर्छ। टिकाउपन र हरेक मौसमका लागि उपयुक्त रहेको कम्पनीको दावी छ । नेपालको विविध भूभाग र बदलिँदो मौसमलाई ध्यानमा राखेर, बजाज चेतक ३५०१ लाई फुल–मेटल बडीसहित निर्माण गरिएको छ ।
साथै, यसमा आईपी ६७ रेटेड वाटर रेजिस्टेन्स सहित सुविधा छ। जसले पानी, धुलो र अन्य वातावरणीय प्रभावबाट स्कुटर सुरक्षित गर्नेछ । विभिन्न मौसमका लागि अत्यन्तै उपयुक्त र टिकाउ मानिन्छ । म्याप, म्युजिक कन्ट्रोल, डकुमेन्ट स्टोरेज, र कल ह्यान्डलिङ सहितको स्मार्ट टीफटी टचस्क्रिन कन्सोल र रिमोट इम्मोबिलाइजेशन, गाइड–मी–होम लाइट, जियो–फेन्सिङ, एन्टि–थेफ्ट र एक्सिडेन्ट डिटेक्सन जस्ता एड्भान्स्ड सुरक्षा प्रविधिहरु रहेका छन ।
चेतक ३५०१ को पहिलो अन्तर्राष्ट्रिय लन्चको रुपमा हामी बजाज अटोसँग साझेदारी गर्दै चेतक ३५०१ लाई नेपालमा ल्याउन पाउँदा गर्व महसुस गरेको गोल्छा ग्रुपका निर्देशक अभिमन्यु गोल्छाले बताए । यो केवल विद्युतीय मोबिलिटीमा मात्र नभई विश्वको सबैभन्दा विश्वसनीय अटोमोटिभ ब्रान्डहरू मध्ये एकसँगको हाम्रो लामो समयदेखिको हाम्रो साझेदारी लागि पनि एक महत्त्वपूर्ण कोसेढुङ्गा हो। चेतक ३५०१ ले स्मार्ट प्रविधि, गुणस्तर, र वातावरणीय जिम्मेवारीको उत्तम मिश्रण प्रदान गर्दछ जुन नेपाली राइडरहरुसँग गहिरो रूपमा प्रतिध्वनित हुन्छ। हामी विश्वस्त छौं कि यसले नेपालमा शहरी यात्रालाई पुनः परिभाषित गर्नेछ र सफा, दिगो भविष्यतर्फ परिवर्तनलाई नेतृत्व गर्ने गोल्छाले बताए ।
चेतक ३५०१ काठमाडौंको आधिकारिक डिलरशिपमा बुकिङको लागि उपलब्ध छ। एक्स–शोरूम मूल्य ३ लाख २४ हजार ९०० तोकिएको छ ।
१०० भन्दा बढी देशहरूमा २ करोड १० लाखभन्दा बढी मोटरसाइकल बिक्री गरेको बजाज ब्रान्ड साँच्चिकै “विश्वको रोजाइको भारतीय” हो। यो भारतको नम्बर १ मोटरसाइकल निर्यातकर्ता हो र अन्तर्राष्ट्रिय स्तरमा निर्यात हुने तीन मध्ये दुई बाइकमा बजाज पर्छ। यो कम्पनी विश्वको सबैभन्दा ठूलो तीन पाङ्ग्रे सवारी साधन निर्माता पनि हो। बजाज अटो विश्वको पहिलो दुई पाङ्ग्रे कम्पनी हो जसले एक ट्रिलियनको बजार पूँजीकरण पुर्याएको छ र विश्वको सबैभन्दा मूल्यवान दुई पाङ्ग्रे कम्पनी बन्न निरन्तर लागिरहेको छ। यसले विगत ७५ वर्षदेखि उत्कृष्ट डिजाइन र प्रविधि भएका गुणस्तरीय उत्पादनहरू सम्झौता नगरि प्रदान गर्दै आइरहेको छ। बजाज अटोले विद्युतीय दुई–पांग्रे सवारी साधनहरू डिजाइन, निर्माण र आधिकारिक डिलरहरूमार्फत बिक्री तथा सेवा प्रदान गर्दै आएको छ।