बजाज चेतक ईभीको काठमाडौंमा नेपालको पहिलो स्टेट-अफ-द-आर्ट एक्सपेरियन्स जोन उद्घाटन

Aug 05, 2025 02:38 PM Merolagani



बजाज अटो लिमिटेडले नेपालमा बजाज टु व्हिलर सवारी साधनहरूको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि.सँगको सहकार्यमा काठमाडौंको नक्सालमा नेपालको चेतकको पहिलो शोरूम- स्टेट-अफ-द-आर्ट एक्सपेरियन्स जोनको औपचारिक उद्घाटन गरेको छ। शोरूमको उद्घाटन साउन २० मा गोल्छा ग्रुपका निर्देशक अभिमन्यु गोल्छा तथा कम्पनीका वरिष्ठ अधिकारीहरू र बजाज अटोका प्रतिनिधिहरूद्वारा सम्पन्न भएको हो।

नेपालमा विद्युतीय सवारी साधनको लागि नयाँ गन्तव्य

१,८०० वर्गफुटमा फैलिएको यो स्टेट-अफ-द-आर्ट एक्सपेरियन्स जोन एकै छानामुनि समग्र ईभी अनुभव प्रदान गर्ने गरी तयार गरिएको हो, जसअन्तर्गत:

• शोरूममै टेस्ट राइड र तुरुन्तै बुकिङ सुविधा
• नक्साल शोरूममै रहेको चेतक-विशेष सर्भिस सेन्टर
• अन्तरक्रियात्मक उत्पादन प्रदर्शन र ईभी विशेषज्ञहरूसँग परामर्श
• लाइभ चार्जिङ डेमो
• लाइफस्टाइलबाट प्रेरित मिनिमलिस्ट डिजाइन, वातावरणअनुकूल लाइटिंग र डिजिटल इन्टरफेस

यो एक्सपेरियन्स जोनले चेतक ब्रान्डको नवप्रवर्तन मात्र होइन, सोही स्थानमै सुलभ रूपमा उपलब्ध सर्भिस सेन्टरमार्फत बिक्रीपछि पनि उत्कृष्ट सेवा सुनिश्चित गर्दछ। चेतक ब्रान्डको प्रिमियमनेसलाई झल्काउने यो जोनले नेपालमा गतिशीलताको लागि उपभोक्ता सम्पर्क बिन्दुहरू बढाउने दिशामा एक साहसिक कदम हो।

शैली, नवप्रवर्तन र ग्राहक अनुभवको संयोजन

उद्घाटन समारोहमा गोल्छा ग्रुपका निर्देशक अभिमन्यु गोल्छाले भने, “यो विशेष शोरूम हाम्रो ग्राहकहरूको लागि विद्युतीय सवारी साधनलाई सुलभ, सहज र प्रभावकारी बनाउन गरिएको प्रतिबद्धताको प्रतिविम्ब हो। हामी चाहन्छौं, यहाँ आउनुहुने हरेक व्यक्तिले चेतक ईभीको समय सापेक्ष डिजाइन, भरपर्दो प्रदर्शन, र दिगो भविष्यप्रतिको वाचा महसुस गर्न सकुन्।”

उद्घाटन कार्यक्रममा ईभीप्रेमी, ग्राहक, र मिडिया प्रतिनिधिहरूको उत्साहजनक उपस्थिति रहेको थियो, जसले बजाजकोशहरी यात्राका लागि तयार पारिएको नयाँ विद्युतीय स्कूटर चेतक 3501 अनुभव गर्न उत्सुक थिए।

नेपालमा ईभी क्रान्तिलाई सशक्त बनाउँदै

यो अत्याधुनिक एक्सपेरियन्स जोनको उद्घाटनले नेपालभर दिगो र स्मार्ट विद्युतीय सवारी साधन अपनाउने कार्यलाई तीव्र बनाउने बजाज अटोको दृष्टिकोणलाई थप बल पुगेको छ।

प्रिमियम टचप्वाइन्ट र भविष्यमुखी उत्पादन अनुभवमार्फत चेतक ब्रान्ड अब नेपालको शहरी यात्राको नेतृत्व गर्न तयार छ।

चेतकको बारेमा

चेतक 3501 ले क्लासिक रेट्रो डिजाइनलाई अत्याधुनिक विद्युतीय प्रविधिसँग जोडेको छ। यसको प्रमुख विशेषताहरू:

• एकपटक चार्जमा १५३ किमी ARAI प्रमाणित रेन्ज
• सबै मौसममा भरपर्दो IP67 प्रमाणित फुल-मेटल बडी
• नेभिगेसन, फोन कल र म्युजिक कन्ट्रोल सहितको ५ इन्चको स्मार्ट TFT टचस्क्रिन
• की-लेस एक्सेस, रिमोट इम्मोबिलाइजेसन, एन्टि-थेफ्ट अलर्ट र दुर्घटना पहिचान
• टू-व्हीलर ईभी सेग्मेन्टमै सबैभन्दा ठूलो ३५ लिटरको अन्डरसिट स्टोरेज
• ३ घण्टाभित्र ०–८०% चार्ज - सेग्मेन्टकै सबैभन्दा कम समय




कुमारी बैंकको वित्तीय विवरणमा देखियो नाफा वृद्धिदर ४५ हजार ८२९ प्रतिशत, कारण यस्तो

Aug 07, 2025 07:31 AM

कुमारी बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ४५ हजार ८२९ प्रतिशत बढेको देखिएको छ।