फण्डले कर सहित ३.८० प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो। साउन २० गते बसेको फण्डकाे याेजना व्यवस्थापक मुक्तिनाथ क्यापिटलको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।
लाभांश वितरण प्रयोजनार्थ फण्डले साउन ३० गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। यस अनुसार साउन २९ गतेसम्म नेप्सेमा कारोबार भइ कायम इकाईधनीहरुले सो लाभांश प्राप्त गर्न सक्नेछन्।