कमजोर हुँदै करेक्सन, अब धेरै घट्दैन

Aug 06, 2025 05:59 PM Merolagani



पछिल्ला कारोबार दिनमा बजार निरन्तर रुपमा घटेको छ । नेप्से सूचकसँगै कारोबार रकम समेत घटेको हो । बुधबारको बजार सामान्य अंकको करेक्सन भएको छ । यसदिन १.९४ अंकले घटेर २८३२.०६ विन्दुमा झरेको हो ।

पछिल्ला कारोबार दिनमा कारोबार रकममा समेत संकुचन आएको छ । बुधबार ७ अर्ब ६३ करोड १३ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । घट्दो अवस्थामा रहेको बजारले लगानीकर्ताहरु आजित भएका छन् ।

बजार ३ हजारको विन्दुमा पुगेर घट्न सुरु गरेको हो । सो विन्दुबाट घट्दा बजार अझै धेरै घट्ने हो कि भन्ने आंशकाले लगानीकर्ताहरु डराएका हुन । बजार घट्ने भन्दा बढ्ने आधारहरु बलिया छन् । बजारमा सामान्य करेक्सनमा लगानीकर्ता डराएर यति घटेको हो । अब यो विन्दु भन्दा धेरै अंकको गिरावट हुने सम्भावना कम भएको जानकारहरुको भनाई छ । अबको बजारमा डराएर शेयर बिक्री गर्ने होइन । करेक्सनको गति कमजोर भएको छ । छिट्टै बजारले राम्रो गति निर्धारण गर्ने बुझाई छ ।

 




कुमारी बैंकको वित्तीय विवरणमा देखियो नाफा वृद्धिदर ४५ हजार ८२९ प्रतिशत, कारण यस्तो

Aug 07, 2025 07:31 AM

कुमारी बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ४५ हजार ८२९ प्रतिशत बढेको देखिएको छ।