अघिल्लो कारोबार दिन अर्थात बुधबार १.९४ अंक घटेर २८३२.०६ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ०.७९ अंक घटेर २८३१.२७ विन्दुमा झरेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.३९ अंक घटेको छ।
बिहीबार प्रि ओपन सेसनमा ५० स्टकको १७२ पटकको कारोबारमा ४ करोड ६३ लाख १४ हजार ९६८ रुपैयाँ ६० पैसाबराबरको ७७ हजार २२३ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये २७ स्टकको मूल्य बढेको छ भने २३ स्टकको मूल्य घटेको छ।