विभागले उपभोक्ता अधिकार हननको उजुरी र अनुगमनका आधारमा काठमाडौं उपत्यकाका १० वटा व्यवसायिक कम्पनीहरूलाई कारबाही प्रक्रिया अघि बढाएको छ।
विभागले उरी एजुकेशन सेन्टरलाई ५१ हजार, सुपरनोभा एजुकेशन कन्सल्टेन्सी सेन्टर र विटल्स कार डेकोरलाई ५०-५० हजार, अल कार डेकोरेसन र सुदृष्टि आयकोनिकलाई १०-१० हजार जरिवाना गरिएको विभागले जनाएको छ।
त्यस्तै, जेभियर इन्टरनेशनल एजुकेशन कन्सल्टेन्सी,ओहायो इन्टरनेशनल कन्सल्टेन्सी,एस इम्पेक्स, एप्लायन्सेस हबलाई भने व्यवसायसँग सम्बन्धित कागजातहरू लिई ३ दिनभित्रमा विभागमा उपस्थित हुन निर्देशन दिएको छ ।